Sarawal notish

दोस्रो सरावल अध्यक्ष गोल्डकप खुल्ला फुटबल प्रतियोगिता सुरु ।

164
उमेश बि.क
सरावल  ,११ माघ  
नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ जावामा शनिवार देखि ूस्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुदू भन्ने मुल नाराको साथ दोस्रो सरावल अध्यक्ष गोल्डकप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।
सरावल गाउँपालिकाको सहयोगमा तथा सरावल खेलकुद संस्था सरावलको आयोजनामा खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चौधरको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष उत्तमा रायको बिशिस्ट आतिथ्यतामा फुटबल प्रतियोगिता उदघाटन गरिएको हो। खेलकुद उदघाट गर्दै गाउँपालिका अध्यक्ष चौधरीले खेलकुद मानव स्वास्थ्यको लागि लाभदायक छ । यसले संगठित गर्नुको साथै आत्मियता प्रदान गर्दछ। युवालाई कुलतबाट बचाउन ठुलो मद्दत गर्दछ । साथै खेलकुद पनि अन्य बिकासको तुलनामा एउटा बिकास हो।गाँउपालीकाले खेलकुदलाई पनि विकासको एउटा पाटोको रुपमा मानेर लगानी गरिरहेको बताउनुभयो । यस्ता प्रतियोगिताले पछिल्लो पटक दुर्ब्यसनिमा फसेका युवाहरुलाई पनि सहि बाटो देखाउन सघाउ पुग्ने र स्वास्थ्यमा पनि खेलकुदको सकारात्मक असर हुने भएकाले गाउँपालीकाले लगानी गरेर खेलकुद तथा खेलाडी बिकासमा
सरावल गाउँपालसकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।
त्यस्तै प्रतियोगितालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष रायले खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए गाउँपाकिलाको मात्रै नभई समग्र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएको थियो ।
दोस्रो सरावल अध्यक्ष गोल्डकप खुल्ला फुटबल प्रतियोगितामा वडा नम्बर १ का वडा अध्यक्ष भेषनारायण चौधरी,वडा नम्बर  २ का वडा अध्यक्ष शम्भु प्रसाद चौधरी,वडा नम्बर  ३ का वडा अध्यक्ष अणेन्द्रनाथ राय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
  शनिवार भएको उद्धघाटन खेलमा गंगा सामुदायिक विकास प्रतिष्ठानले महाविर फुटबल क्लब काठमाडौंलाई २–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा कुल १६ टिम सहभागि भएका छन् । प्रतियोगिताको बिजेता हुने टिमले एक लाख ५१ हजार १ सय ११ रुपैँया र उपविजेता हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैँया र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका सचिव दिपक क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा आइतवार दिउँसो २ बजे हुने खेलमा सुनवल फुटबल क्लब सुनवल र जे।के ब्रदर्श फुटबल क्लब नवलपरासी भिड्ने आयोजकले जनाएको छ ।