Sarawal sit lahar Notis

जन्मोत्सवको अवसरमा आगलागी पिडितलाई सहयोग

0 29
मुक्ती तिवारी
बर्दघाट, माघ ११
आफ्नो जन्मोत्सवको अवसर पारेर बित्तिय कर्मचारी संघ प्रदेश नम्बर ५ का सचिब माधब तिवारिले आगलागी पीडितलाई सहयोग गर्नु भएको छ। तिवारी ले गत बिहिबार घर आगलागी बाट पिडित बर्दघाट १४(गङ्गाबस्ती निवासी भगवती न्यौपानेको परिवारलाई खाधान्न लत्ताकपडा,न्यानो ब्ल्यान्केट लगायतका सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो। जन्मदिनमा गरिने फजुल खर्चलाई सेवामुखी कार्यमा लगाउनु पर्ने मा उहाले जोड दिनु भयो।अरुको दुखमा मल्हम लगाउन सक्नुनै जिवनको सार्थकता रहेकाले सबैको सा(सानै प्रयासबाट पनि पिडित लाई ठूलो राहत मिल्ने भएकाले पनि सबै मनकारी मन हरुले पिडितलाई सक्दो सहयोग गर्न समेत उहाले आग्रह गर्नु भयो।तिवारी कृषि बिकास बैंक बर्दघाट मा शाखा अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । सो अवसरमा उहाकि श्रीमति महिला नेत्री कमला पराजुली,शान्ती टोल बिकास समितिका अध्यक्ष जगन्नाथ तिवारी लगायत स्थानियको उपस्थिती रहेको थियो। सहयोग प्राप्त भएपछि यस किसिमको राहतले आफुहरु निकै खुसी भएको पिडितहरुले बताए ।

Leave A Reply

Your email address will not be published.