कृष्ण चौधरी
जिमिरेभार,माघ १०
नेपाल बिजुलि पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) जिमिरेभार वडा कमिटि ले योग्दानमा आधारित सामाजिक सुरक्षा ज्ञापन पत्र बुझाएको छ । बर्दघाट नगरपालिका नं वडा नं १,५,६,७,१४,१५ र १६ का वडाध्यक्षहरू लाई उक्त ज्ञापन पत्र बुझाएको हो । नेपाल बिजुलि पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) जिमिरेभार वडा कमिटिका अध्यक्ष खिरीनारायण चौधरीको नेतृत्वमा सबैवडाहरुमा पुगी ज्ञापनपत्र बुझाईएको थियो । ज्ञापनपत्र बुझाउदै सम्पुर्ण निमार्ण ब्यवसायिहरु सामाजिक सुरक्षाकोषमा सुचिकृत भइ मजदुरहरुको समेत सुचिकृत गरी मजदुरहरुको नाममा सामाजिक सुरक्षा कोषलागु गर्ने ब्यवस्था गर्न माग गरेको थियो। यस्तै गरी निमार्ण क्षेत्रको काममा बिदेशी कामदारको अभिलेख राख्न र बिदेशी श्रमिक भित्रयाउने प्रबृतिलाइ न्युनिकरण गरी स्वदेशी कामदारहरुलाइ काममा लगाउन र उनीहरुको दक्षतालाइ अभिबृद्धि गर्ने कामको थालनी गर्न नेपाल बिजुलि पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) जिमिरेभार वडा कमिटि ले ज्ञापन पत्रमार्फत आग्रह गरेको छ ।