आफ्नो वस्तीको विकासप्रति कसैको ध्यान पुग्न नसकेको भन्दै बर्दघाट –१४ पवित्रवस्तीका स्थानियवासीहरुद्धारा चिन्ता ब्यक्त ।
बर्दघाट,माघ–१०
कार्यक्रममा बोल्दै वडासदस्य थापाले आफ्नो वस्तीमा भएको पाठशाला गौशाला जस्तो भएको देख्दा पनि आफु निर्हभएर वस्नु पर्ने वाध्यता रहेको बताउनु भएको थियो । उहांले वडाका अन्य वस्तीहरुमा विकासको अनुभुती हुदा आफ्नो वस्तीका कुनै अनुभुति नभएको भन्दै सम्वन्धित निकायमा कुरा गर्दा समेत आफ्नो कुराको सुनुवाई नभएको बताउनु भयो ।
पवित्रवस्ती आमा समुहकी अध्यक्ष हुमा देवि पाडेमगरको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं.१४ का वडासदस्य सूर्य बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको उक्त अन्तरक्रिया कार्याक्रममा बोल्दै पवित्रटोल विकास समितीका अध्यक्ष रोमन सिंह थापाले वस्तीको विकासका लागि आफु सदैव सबैसंग सहकार्य गर्ने बताउनु भएको थियो भने अर्का नव जागृती सामाजिक विकास प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर गुरुङ्गले वस्तीका युवाहरुलाई संगठीत बनाएर अघि बढाउने कार्यमा आफु सदैव लागिपरेको बताउनु भयो । त्यसैगरी समाज सेवी तथा गंगामावि ब्यवस्थापन समितिका अध्यक्ष सोभाखर भुषालले वस्तीका युवाहरु तथा विद्यार्थीहरुलाई कुलतवाट जोगाउनका लागि अध्ययन र रोजगारीसंग जोडेर उनीहरुको समय ब्यवस्थापनमा ध्यानदिन जरुरी रहेको बताउनु भएको थियो । उहांले पवित्रवस्तीमा रहेका हरेक समस्याहरुको समाधानका लागि स्थानिय राजनितिक दल हुदै केन्द्रीय स्तरमा समेत पुग्दा पनि वस्तीको मेन समस्याकारुपमा रहेको जग्गाको लालपुर्जा प्राप्ती गर्ने कामले पूर्णता पाउन नसकेको बताउदै त्यसका लागि अहिले पनि आफुहरु लागि परेको बताउनु भयो । सोही कार्यक्रममा बोल्दै पवित्र आधारभूत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा समाज सेवी भिम बहादुर थापाले विद्यालयको दुर्गति अवस्था देखेर भर्खर आफु अध्यक्ष भएको बताउदै अब त्यहांका समस्याहरु क्रमशः समाधान गर्दै जाने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रममा पवित्र आधारभुत विद्यालयकी साहायक प्रध्यानाध्यापक बिमला भुषालले सामुदायिक र संस्थागत विद्यालयहरुको केहि अध्ययन प्रक्रिया र अभिभावकहरु प्रतिको बुझाईका कारण समस्याहरु रहेको धारणा राख्नु भएको थियो । पवित्रवस्ती आमा समुहकी उपाध्यक्ष जुनीमाया गुरुङ्गको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा दिनु काफ्लेले कार्यक्रमको औचित्यमाथी प्रकास पार्नु भएको थियो भने कार्यक्रमको संचालन अनिता काफ्लेले गर्नु भएको थियो ।