Bardaghat Na pa

त्रिबेणीमा माघे औशीको मेला आज देखी शुरु।

111

सहबान अन्सारी

त्रिवेणी,माघ–९
नवलपुरको त्रिबेणीमा माघे औशीको मेला आज देखी शुरु भएको छ। बिनयी त्रिबेणी गाऊपालिका वडा नं.६ त्रिबेणी धाममा  करिब एक हप्ता सम्म  चल्ने मेलामा बिशेष गरी माघे  औशीको दिन  त्रिबेणी धाम  स्थित नारायणी नदिमा स्नान पश्चात सुर्यको अराधना गर्दा पुण्य प्राप्त गर्ने बिश्वास गरिएको छ। एेतिहासिक एव पर्यटकिय क्षेत्र  मानीने धाममा नारायणी, सोन भद्र र पुर्ण भद्र नदिको संगम स्थल भएको हुदाँ  त्रिबेणी धाममा माघे औशीको मेला हरेक बर्ष लाग्ने गरेको छ। मेलामा नेपाल लगायत भारत बाट लाखौ श्रधालु भक्तजन हरु आउने गरेका छन। मेला तथा  श्रधालु भक्तजनहरुलाई सरल र सुलभ बनाउनका लागी  मेलामा करिब एक सय  पचाँस सुर‌क्षा कर्मी परिचालन गरिएको  छ ।
स्वयम् सेवक, स्वास्थ्य शिविर,  एेम्बुलेन्स,   रेस्क्यु टिम लगायत मेलामा आउने भक्तजनहरुको लागी  सुबिधाको लागी ब्वस्था गरिएको  औशी मेला ब्यवस्थापन समितिका  कार्यवाहक अध्यक्ष  प्रितम गुरुङले बताए।
औशी मेलामा स्नान तथा अवलोकनका लागी  नेपाल र भारतबाट यो बर्ष   करिब ७लाख श्रधालु भक्तजनहरु आउने मेला ब्यस्थापन समितिले जनाएको छ साथै मेलालाई थप प्रभावकारी बनाउनको लागी जिल्ला प्रशासन कार्यालयले मेला अवधि भरी त्रिबेणीमा मदिरा बिक्री बितरण तथा ओसार पोसारमा प्रतिबन्ध लगाएको छ ।