Jilla Ban Notis

प्रदेश नं ५मा कुपोषणबाट ३८.५ प्रतिशत पुड्कोपना देखिएको तथ्याङक

0 38

गौरीशंकर जयसवाल

परासी ६ माघ

पश्चिम नवलपरासीमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम दिगोपना सुनिश्चितता गोष्ठी आजदेखी दुई दिने परासीमा सुरु भएको छ । रामग्राम नगरपालिका,सुआहारा र बेश नेपालको संयुक्त आयोजनामा उक्त दुईदिने गोष्ठी सुरु भएको हो । कार्यक्रममा सुअहाराका कार्यक्रम संयोजक कृष्ण गुरुङले बिश्वमा १७ लाख बालबालिका कुपोषित रहेको बताउदै नेपालमा तुलानत्मक पोषणको स्थितीमा सुधार रहेको जनाकारी दिए ।

उनको अनुसार कुपोषणबाट प्रदेश नं ५मा ३८.५ प्रतिशत पुड्कोपना ,ख्याउटेपन ८ प्रतिशत कमतौल २७ प्रतिशत र रक्तअल्पता ५३ प्रतिशत देखिएको बताए । पोषणको कमीले बर्षेनी दुई सय ३९ जना प्रसुती महिलाहरुको मुत्यु हुने गरेको गुरुङले जानकारी दिए ।

रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण चौधरीले पोषण सम्बन्धि कार्यप्रस्तुत गदै रामग्राम नगरपालिकाले बृहत पोषण प्याकेज कार्यक्रम तथा क्षमता अभिबृद्धी,बालबालिकालाई कुपोषित हुन नदिनलाई सुनौलो हजार दिनको आमा पोपिलो खाद्य पदार्थ बितरण,पोषण सप्ताह,स्तनपान सप्ताह,आयोडिन नुन र बिद्यालयलमा पोषण स्वास्थ्य शिक्षा कार्यक्रमा संचालन गरिएको जानकारी दिए ।

उनको अनुसार नगरपालिकामा गाउँ घरक्लिनिक संख्या २२ वटा,खोेप क्लिनिक ३४,महिला स्वास्थ्य सेबिक ८३ जना ५ वटै परिवार नियोजन साधनको सेवा उपलब्ध भएको संस्था १,अमरबन स्वास्थ्य चौकीमा बर्थिग सेन्टर १ वटा संचालनमा र ,अमरबन स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेन्टर १ वटा रहेको बताए । अस्पातल तर्फ सरकारी स्वास्थय संस्थाको आस्पताल १ वटा ,स्वास्थ्य चौकी ८ वटा ,रसहरी स्वास्थ्य केन्द्र १वटा गरी १० अस्पताल तर्फ रहेको चौधरीले जानकारी दिए ।

नगरपालिकामा एकबर्ष मुनिको बालबालिकाको जनसख्या १४ सय १४,१२देखी २३ महिनाको बालबालिकाको जनसख्या २८ सय २८ पाँचबर्ष मुनिका बालबालिकाको जनसख्या ६ हजार पाँच सय दुई अनुमानित गर्भवतीको सख्या एक हजार सात २२ र पूणखोप घोषण १८ वटै वडा,र खुल्ल दिसामुक्क्त १८ वटै वडा रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा महिला तथा बालबालिका शाखाकी तारा अर्याल र शिक्षा शाखा प्रमुख बल्लचर्य गिरीले अफनो शाखा पोषण सम्बन्धि कार्यक्रम गरेको कार्यप्रत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भाकुँवरको अध्यक्षता भएको गोष्ठीमा नगरपालिकाका प्रशासकिय अधिकृत रुद्रप्रसाद रेग्मी लगायतले बोलेका थिए ।
गोष्ठीमा रामग्राम नगरपालिकाका १८ वटै वडाअध्यक्ष कार्यपालिका सदस्य,वडासदस्य सम्बन्धित शाखा प्रमुखहरु र स्वास्थ्य चौकी ईन्चार्जहरु गरी ५० जनाको सहभागिता रहेको बेश नेपालका फिल्ड अफिसर शालिकराम पोख्ररेलले जानकरी दिए ।

Leave A Reply

Your email address will not be published.