sunwal

सुचना प्रविधि बिधयकको विरोधमा नेपाली काङ्ग्रेस  नवलपरासीले बुझायो बिरोध पत्र

35

मुक्ती तिवारी

बर्दघाट,माघ–५

सरकारले ल्याएको सुचना प्रविधि बिधयक अलोकतान्त्रिक र नागरिक हितमा नभएको भन्दै नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र बुझाएको छ।कार्यबाहक सभापति अर्जुन कुमार पोखरेलको नेतृत्वमा गएको काङ्ग्रेस कार्यकर्ता हरुको भिडबाटै प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले बिरोध पत्र बुझ्नु भएको थियो। सुचना बिधयक बिरुद्धमा लेखिएका प्लेकार्ड सहित काङ्ग्रेस कार्यकर्ता र समर्थकहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए। कार्यबाहक सभापती अर्जुन कुमार पोखरेलले सरकार ले बिधयक फिर्ता नलिए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिनु भयो। कार्यक्रममा जिल्ला कार्य समितिका सम्पुर्ण पदाधिकारीहरु तथा सदस्यरु महासमिति सदस्य तथा प्रतिनिधि हरु,सम्पुर्ण क्षेत्रिय सभापतिहरु, गाउँ पालिका तथा नगरपालिकाका सभापति , भातृ संघ तथा सुभेच्छुक संघ संस्थाका सभापतिहरु लगायतको थुप्रै कार्यक्रर्ता र समर्थकहरुको उपस्थिति रहेको थियो।