Sarawal sit lahar Notis

संस्थागत विद्यालयले देशको शैक्षिक गुणस्तर वृद्धिगर्न योगदान गरेको छ ः मन्त्री वराल

न्यू लाइफमा रजतमहोत्सव उद्घाटन ।

0 27

प्रकाश न्यौपाने
बर्दघाट,पौष–१८
बर्दघाट,पौष–१८ न्यू लाइफ माध्यमिक विद्यालय तथा कलेजले आफ्नो पच्चिऔँ वर्ष पुरा गरेको अवसरमा शुक्रवार एक कार्यक्रमका वीच रजत महोत्सवको उद्घाटन गरिएको छ । प्रदेश नं.५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले रजतमहोत्सवको उद्घाटन गर्दै रजत जयन्ती विशेष स्मारिका विमोचन समेत गर्नुभएको छ ।
सस्थागत विद्यालयको योगदान प्रतिउच्च मूल्याङ्कन गर्दै मन्त्री बरालले संस्थागत विद्यालयले देशको शैक्षिक गुणस्तर वृद्धिगर्न ठूलो योगदान गरेको बताउनुभयो । उहाँले संस्थागत विद्यालयहरुले शैक्षिक क्षेत्रमा गरेको लगानी खेरा नजाने प्रतिबद्धता जाहेरगर्दै उक्त लगानीको संरक्षणगर्ने दायित्वराज्यको भएको बताउनुभयो । पछिल्लो समय नेपालमा निजि शैक्षिक संस्थाहरुको योगदानलाई कसरी राष्ट्रिय शिक्षा नितिसँग व्यवस्थापन गर्ने र संस्थागत विद्यालयहरुका सकरात्मक उपलब्धीहरुलाई राज्यले कसरी ग्रहणगर्ने भन्ने विषय निकै गहन रहेको मन्त्री बरालले बताउनुभयो ।
संस्थागत विद्यालयको भूमिकाप्रति सामूदायिक विद्यालयहरु हातेमालो गर्दै सकारात्मक अभ्यासलाई अनुशरण गराउदै राज्यले संस्थागत विद्यालयहरुको अभिभावकत्व ग्रहणगर्ने बताउदै उहाँले संस्थागत विद्यालयहरुमा भएको लगानीप्रति राज्य अत्यन्तै गम्भिर रहेको र राज्यले अभिभावक बनेर संस्थागत र सामूदायिक विद्यालयहरुको शैक्षिक स्थितिलाई मूल्याङ्कनगर्दै संस्थागत विद्यालयहरुको योगदानलाई राष्ट्रिय शिक्षानीतिमा समावेश गर्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नं. ५ का प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारीले निजि विद्यालयका उपलब्धीहरु उल्लेखनीय रहेको बताउनुभयो । सरकारले सबैलाई शिक्षाप्रदानगर्ने नसकिरहेको अवस्थामा पनि निजि शैक्षिक संस्थाहरुले ठूलो लगानीगरि गुणस्तरीय शिक्षाप्रदान गरेको अधिकारीले बताउनुभयो ।

कार्यक्रममा दिब्य जयोती बहुमुखि क्याम्पस चिसापानीका अध्यक्ष वृहस्पति अधिकारी,बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, राष्ट्रिय परीक्षाबोर्ड प्रदेश नं. ५ का कार्यालय प्रमुख रमाकान्त तिवारी, नगर प्रबक्ता रविन्द्र विक्रमहमाल, प्याब्सनका केन्द्रिय सदस्य सुवर्ण न्यौपाने, प्याब्सनका नवलपरासी जिल्ला अध्यक्षइन्द्र गुरुङ, दिव्य ज्योतीमा.वि.का प्राचार्य हुमनाथ आचार्य, पूर्व प्रधानाध्यापक दिपक रोकाहा, लगायतले बोलेकाथिए ।
कार्यक्रममापूर्व संचालक, पूर्व प्रधानाध्यापक, पूर्व सह–प्रधानाध्यापक, पाँचवर्ष भन्दाबढी निरन्तर रुपमाकार्यरत रहनुभएका शिक्षक÷शिक्षिका तथा कर्मचारी, तेक्वान्दोमा ब्ल्याक बेल्टपास गरेका विद्यार्थीहरुलार्इ सम्मानपत्र प्रदानगरिएको प्रधानाध्यापक सन्तोष अधिकारीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य संस्थापक सदस्य डिलबहादुर अधिकारी र थम अधिकारीले राख्नुभएको थियो । कार्यक्रममा विद्यालयको प्रतिवेदन प्रधानाध्यापक सन्तोष अधिकारीले प्रस्तुत गर्नुभएकोे थियो भने कार्यक्रमको सञ्चालन सह–प्राचार्य दिननाथ पौडेलले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.