sunwal

सरावलमा पञ्जिकरण अनलाइन सम्बन्धी ४ दिने तालिम  सुरु ।

115

सरावल,पौष–९
पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर १ मा सरावल गाउपालिका स्तरिय वडा सचिव र सहायक कर्मचारीहरुलाई पञ्जिकरण अनलाइन सम्बन्धी ४ दिने तालिम बुधबार देखी सुरु भएको छ । सरावल गाउपालिकाको आयोजनामा वडा नम्बर १ को वडा कार्यालय तिलकपुरमा सो तालिम सुरु भएको हो । सरावल वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरीको अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा सुरु भएको तालिममा विशिष्ट अतिथिको रुपमा रहनुभएकी सरावल गाउपालिका उपाध्यक्ष उत्तमा राय, सरावल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मी, अतिथिहरु प्रशासन शाखा प्रमुख देशकान्त बस्याल लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो अवसरमा सरावल गाउपालिकाका कर्मचारी र वडा सचिवहरु गरि २५ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकको रुपमा रहनुभएका अधिवक्ता मित्रलाल लामिछाने र सुचना प्रविधि अधिकृत अनु गिरिले आज पहिलो दिन अनलाइन घटना दर्ता अन्र्तगत जन्म मृत्यु र बसाई सराईलाई कसरी अनलाइन घटनामा दर्ता गर्ने कुराबारे जानकारी गराउनुका साथै मुलुकी देवानी सहिता र मुलुकी फौजदारी सहिता बारे पनि जानकारी गराउनुभएको थियो । प्रशासन शाखा प्रमुख देशकान्त बस्यालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन बस्यालले गर्नुभएको थियो । सो तालिमको समापन शनिबार पौष १२ गते हुनेछ ।