Sarawal sit lahar Notis

सुगरमिलको ताला प्रशासन द्वारा खुलाऊने प्रयास,आक्रोसित किसानले गरे पुन ः तालाबन्दी

0 25

सहबान अन्सारी
प्रतापपुर,पौष–९
नवलपरासीको ईन्दिरा सुगरमिलमा स्थानियले गरेएको ताला बन्दी प्रशासनले बुधवार खोल्न नपाउदै पुन ः किसानहरुले ताला बन्दी गरेका छन् । विगत दुई वर्ष देखिको वांकीभुक्तानी रकम करिब १४ करोड मिलले भुक्तानी नगरेको भन्दै १ गते मंगलवार मिलको लेखा शाखा,मुख्य गेट,प्रशासनमा ताला बन्दी गरिएको थियो । मिलमा ताला बन्दी गरेपछि मिलले किसानहरुलाई भुक्तानी दिन शुरु गरेको थियो । सोमवार देखी भुक्तानी गर्न शुरु गरेपनि उक्त भुक्तानी निर्णय भए अनुसार एक दिनमा करिब ३० लाखको भुक्तानी हुनु पर्नेमा मिलले कछुवाको तालमा भुक्तानी गरेको आरोप लगाउदै फेरी मिलमा तालावन्दी गरीएको थियो ।  मिलमा लगाईएको ताला बुधवार बिहान प्रशासनले खोलेर मिल संचालन गर्न लगाएपछि फेरी स्थानीय किसान र उखु उत्पादक कृषक समितीले पुनः तालावनदी गरेको थियो । त्यसैगरी आक्रोशित किसानहरु मिलको मुख्य गेटमा प्रशासनको बिरोध गर्दै करिब १ घण्टा धर्ना समेत बसेका थिए । यता उखु उत्पादक कृषक समितीका अध्यक्ष उमेश चन्द्र यादवले समयमा भुक्तानी नपाउदाँ उखु किसानहरु निकै समस्या भोग्न परेको हुदाँ मिल संचालकलाई पटक–पटक आग्रह गरिएता पनि मिलले बाँकी रकम भुक्तानी गर्न आलटाल गर्दै आएपछि किसानहरुले ताला बन्दी गर्नवाध्य भएको बताउनु भयो । साथै उखु उत्पादक कृषक समितिले प्रेस विज्ञप्ती जारी गर्दै उखुको मुल्य निर्धारण,भुक्तानी प्रक्रिया लगायतका समस्याहरु बर्षेनी किसानहरुले भोगीरहेको जटिल समस्याका सम्बन्धमा यस समस्यालाई समाधानका लागी सरोकारवाला सम्पुर्ण पक्षले ठोस कार्य योजना सहित अघि बढनु पर्ने अवस्थामा बिगत ३ बर्ष देखी किसानले उत्पादन गरेका उखुको मुल्य हाल सम्म भुक्तानी नहुनु दुखद पक्ष भएपनि सरकार द्वारा किसानको मागलाई नजरअन्दाज गरि मिल संचालकलाई मात्र एक तर्फी ढङ्गले संरक्षण गर्ने गलत नितिका कारण किसानहरु अत्यन्तै मारमा परेका विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.