Jilla Ban Notis

चिसोलाई मध्यनजर गर्दै जाडो छल्नको लागी  सामुदायिक वनहरुले  दाउरा वितरण गर्दै

0 33

बर्दघाट,पौष–८

पशिचम नवलपरासीमा विगत केही देखी बढेको चिसोलाई मध्यनजर गर्दै जाडो छल्नको लागी जिल्लाका सामुदायिक वनहरुले काठ दाउरा वितरण गरेका छन । जिल्लाको सरावल, सुनवल, रामग्राम, बर्दघाट लगाएतका पालिकाहरुका केही सामदायिक वनहरुले आफ्नो कार्य क्षेत्रभित्र पर्ने उपभोक्तालाई लक्षित गर्दै निशुल्क काठ दाउरा बाडेका हुन । त्यस्तै, बर्दघाट वडा नम्बर २ मा अवस्थित चिसापानी सामुदायिक वनले विगत केही देखी बढेको चिसोलाई मध्यनजर गर्दै जाडो छल्नको लागी काठ दाउरा वितरण गरेको छ । वनले आफ्नो वन क्षेत्र भित्र पर्ने उपभोक्ताहरुलाई लक्षित गरि विभिन्न टोल तथा समुदायमा निशुल्क काठ दाउरा वितरण गरेको हो । वनको समाजिक उत्तरदायित्व तथा विपत ब्यवस्थापनमा टेवा पुग्ने उदेश्यले विभिन्न टोलका गरिब, विपन्न तथा घनाबस्ती भएका समुदायामा सो काठ दाउरा वितरण गरेको सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुगले जानकारी दिनुभएको छ । त्यस्तै वनले बजार क्षेत्रका विभिन्न चोक तथा स्थानमा समेत काठ दाउरा वितरण गरेको छ । साविकको ६ वटा गाविस माकर, जहदा, सरावल, बडहरा दुबौलिया, रामपुर खडौना र रम्पुरवाका विभिन्न वडाहरुमा कार्यक्षेत्र रहेको यस वनको ३३ सय ५० घरधुरी रहेकोमा १८ हजार ५ सय ५० उपभोक्ता रहेका छन ।

Leave A Reply

Your email address will not be published.