Sarawal sit lahar Notis

दिब्य ज्योती बहुमुखि क्याम्पसका विद्यार्थी अध्यनभ्रमणका लागि वर्दियाका वस्तीमा ।

1 71

कृष्ण ढकाल
बर्दघाट,पौष–८
नवलपरासीको बर्दघाट –२ चिसापानीमा रहेको दिब्य ज्योती बहुमुखि क्याम्पसले वि.ए.[ मानवीकी संकाय] मा अध्यन्रत विद्यार्थीहरुलाई अध्ययन भ्रमण गराएको छ । मानविकी संकायमा अध्यन्रत समाजशास्त्रका विद्यार्थीहरुको ४० पूर्णाकको प्राक्टिकल अंककालागि क्यम्पसले उनीहरुलाई नेपालको सुदुर पश्चिमका मानववस्तीको संस्कृति,सभ्यता,अवस्था र तिनिहरुको जिवनयापनको कार्यशैलिका वारेमा अध्ययन अवलोकन गराएको क्याम्पस संचालन समितिका अध्यक्ष वृहस्पति अधिकारीले जानकारी गराउनु भएको छ । क्याम्पसको केहि आर्थिक सहयोग र वांकी विद्यार्थीहरुले रकम संकलन गरेर उक्त अध्ययन भ्रमण गरीआएको विद्यार्थी लुमाकान्त भुषालले बताउनु भएको छ ।
क्याम्पसका प्रध्यापक मित्रलाल न्यौपाने र गोपाल आलेको नेतृत्वमा बाँकेको गाभर होमस्टे ,कञ्चनपुरको राना होमस्टे, वाँकेको ताराताल र स्थानिय वस्तीका आर्थिक विपन्न परिवारहरुको आर्थिक,सामाजिक,भौतिक तथा मनोसामाजिक अवस्थाका वारेमा अध्ययन भ्रमण केन्द्रीत रहेको बताईएको छ । भ्रमण टोलीमा २२ जनाको सहभागिता रहेको बताईएको छ ।

1 Comment
  1. nat ure says

    तेस्रो मात्र न भै प्रथम र दोस्रो पनि सामेल भयेको जानाकरी छ है । अल्लि बिचार गरेर पोस्ट हाल्नु भएको भए हुन्थ्यो । ☺️☺️☺️☺️

Leave A Reply

Your email address will not be published.