kalika

महिला बेचबिखन तथा हिंसा न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

43

उमेश बि.क

नवलपरासी , ५ पुस

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मा अवस्थित जनजाग्रिति मा.बि पुसौलिमा २ दिने महिला बेचबिखन तथा हिंसा न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सरावल गाउँपालिका स्तरीय अन्तर पार्टि महिला सन्जालको आयोजनामा तथा सरावल गाउँपालिकाको सहयोगमा सन्जाली अध्यक्ष मिना चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवम गाउँपालिका उपाध्यक्ष उत्तमा रायको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यपालिका अध्यक्ष चौधरीले हिंसा रहित सभ्य समाज निमार्णको लागि सबैले हातेमालो गरेर बढ्नु पर्ने बताउदै परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । त्यसै भएर आज भोलि घरेलु हिंसाका कारणहोस् वा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ ।आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वन्चित छन् । महिलाको मानव अधिकारको उल्लङ्घनको प्रमुख विषय महिला माथिको हिंसा पनि हो । हाल महिलाहरूले आफूमाथि हुने हिंसालाई बाहिर ल्याउन थालेको अवस्था छ । महिला विरुद्ध हुने यस्ता घटनाहरूको रोकथामको लागि गाउँपालिकाबाट न्युनिकरण गर्ने बताउदै महिलामाथि हुने सवै हिंसा न्युनिकरणमा आफु लागि पर्ने बताउनु भयो । त्यस्तै उपाध्यक्ष रायले नेपाली महिलाले धेरै किसिमका हिंसाको सामना गर्नु परेको छ । आधा आकाश ओगट्ने महिला भनिए पनिअधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको हो । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमानलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन । घरको काममा अल्झाई राख्ने, वस्तुभाउहेर्न पठाउने गर्नाले पुरूषको तुलनामा महिला अशिक्षित छन् । अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार रअस्तित्ववाट विमुख हुनु परेको छ । शिक्षा र स्वास्थ्यमा छोरा सरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन् ।हिंसा घरैबाट उत्पन्न हुने गरेको छ। यसको न्यूनीकरण घरदैलोबाटै महिला पुरूष मिलेर गर्न सक्नुपर्छ ।महिलाले पनि आफुलाई साँघुरो घेरा भित्र राख्न खोज्नु हुन्न । हजारौँ वर्षौसामन्ती विचार र संस्कृतिले लादेको पितृसत्तात्मक सोचको दिमाग परिवर्तन गराउन महिलाहरू पनि एक हुनुजरूरी छ । महिला विरुद्ध हुने यस्ता घटनाहरूको रोकथामको लागि विभिन्न सङ्घ संस्थाहरू, जनचेतना जगाउने,अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने र घटनाहरूलाई सार्वजनिक गर्ने कार्यहरू गर्न जरुरी रहेको कुरामा जोड दिनुभएको थियो। कार्यक्रममा वडा नं।६ का वडा अध्यक्ष कैलास यादव,वडा नं।५ का वडा अध्यक्ष दिनेश सहानि , वडा नं।७ का वडा अध्यक्ष हेयात खाँ ,वडा नं.३ का वडा अध्यक्ष अणेन्द्र नाथ राय लगाएतको सहभागीता रहेको थियो। कार्यक्रममा सरावल गाउँपालिका वडा नं। ५,६ र ७ का ४७ जना महिलाहरूको सहभागीता रहेको थियो। महिला बेचबिखन तथा हिंसा न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम अधिबक्ता अमर बहादुर शाह, तिलकर स्वास्थ्यचौकि ईन्चार्ज खेम नरायण खनालले सहजिकरण गर्नुभएको थियो।