sunwal

सरावल १ बासाबसही प्रहरी चौकीको कम्पाउड गेट शिलान्यास गरियो ।

141

सरावल,मंसीर–३०
नवलपरासीको सरावल १ मा अवस्थित बासाबसही प्रहरी चौकीमा निर्माण हुन लागेको कम्पाउड गेटको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले उक्त गेटको शिलान्यास गर्नुभएको हो । गेटको शिलन्यास गर्दै अध्यक्ष चौधरीले सरावल गाउपालिकालाई सबै तिरबाट बलियो बनाउन, विकसित तुल्याउन र गाउपालिका भित्रका जनताको सुरक्षा ब्यवस्थाको जिम्मा लिएका संघ सस्थालाई सहयोग गर्न सरावल गाउपालिकाले कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । शिलन्यास कार्यक्रममा अध्यक्ष चौधरीले बासाबसही प्रहरी चौकीका प्रमुख लिल बहादुर बिकको प्रशंसा गर्दै गर्नु भएको थियो । कार्यक्रममा सरावल वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरी, ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख हिमाल केसी लगाएत स्थानिय राजनिति दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधी, समाजसेवी, महिला, युुवा लगाएतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन निमार्ण समितिका सचिब हरि ढकालले गर्नुभएको समितिका सल्लाहकार सयाेंजक नारायण पान्डेले जानकारी दिनुभएको छ ।