Sarawal sit lahar Notis

दलित महिलाका समस्या र लैङिक हिंसा अन्त्य गर्न सरोकारावालाको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न .

0 43

अमृता सुनार, सुनवल
मंसिर २३
दलित महिला उथान केन्द्र सुनवलको आयोजनामा आज सुनवल वडा नं १ सामुदायिक भवनमा ‘दलित महिलाका समस्या र लैङिक हिंसा अन्त्य गर्न सरोकारावालाको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले दलित महिलाहरुको समस्याका बारेमा अन्तक्रिर्या गर्दै लैङिगक हिंसा अन्त्य गर्न दलित महिलाहरुमा एकताको आवश्यकता रहेको बताएका छन् । लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत कार्यक्रम संचालन गरिएको आयोजकले जनाएको छ ।
दलित महिला उथान केन्द्रकी अध्यक्ष सीता कुमारी सुनारको अध्यक्षता तथा सुनवल नगरपालिकाका कार्यवहाक नगर प्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यता एवं नेकपा नेत्री विमला अर्यालको विशिष्टि आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुखअतिथि अर्यालले सुनवल नगरपालिकाले दलित महिलाका उथानमा विशेष योजना बनाउन पहल गर्ने बताउनुभयो।
सो अवसरमा वडा नं १ का वडाध्यक्ष विन प्रसाद बुढाथोकी, वडा नं ५ का वडा अध्यक्ष थमन सिंह नेपाली , कार्यपालिका सदस्य अर्जुन सुनार, वडा नं ६ का महिला सदस्य ज्ञानीमाया विक , वडा नं २ का वडा सदस्य लक्ष्मी हरिजन, नेकपा सुनवल नगर कमिटी कार्यवहाक अध्यक्ष विर बहादुर विश्वकर्मा ,बम कुमारी विक , नर बहादुर खाती लगाएतको सहभागिता रहेको थियो । दलित महिला उथान केन्द्रकी सहसचिव विनुमाया परियारको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालनमा कोषअध्यक्ष तारा सुनारले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.