Bardaghat notish

सुनवलमेला स्थल खचाखच ,१० औं दिनमा मात्रै २० हजार भन्दा बढि दर्शकले मेला अवलोकन।

177

रमेश भुसाल

मंसिर १४

पश्चिम नवलपरासीको सुनवलमा संचालित प्रादेशिक औद्योगीक व्यापार मेलाको आज १० औैैं दिन जनसागरले मेला स्थल खचाखच भरिएको थियो । १० औं दिनमा मात्रै २० हजार भन्दा बढि दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जानकारी गराएको छ । सचिवालयको जानकारी अनुसार मेला संचालन भए यताकै शनिबार सबैभन्दा बढि दर्शकले मेला अवलोकन गरेको र आर्थिक कारोबार पनि उच्च रहेको जनाएको छ । मेला सोचे भन्दा पनि सफल हुनेमा आफुहरु ढुक्क रहेको मेला अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले बताए । त्यस्तै मेलामा आफुहरु लिएको आर्थिक कारोवारको लक्ष्य नजिकै पुगेको संघका वाणिज्य उपाध्यक्ष तथा मेलाका आर्थिक संयोजक लेखनाथ खरेलले बताए ।

बच्चा देखि बृद्वबृद्धाहरु सबैलाइ मन पर्ने लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुति ले दर्शकहरुलाई झुम्माएको थियो भने दर्शकहरु पनि कम्मर मरकाई मरकाई नाचाएकारहेक थिए । वास्तवमै मेलाको माहोल संगितमय वनेको थियो । त्यस्तै युवा पुस्ताका लोकप्रिय पप गायक कमल खत्रिको प्रस्तुतिले साँझको समायमा मेला स्थलमा थप रौनक छाएको थियो भने युवा युवती झुम्मी झुम्मी नाचेका थिए । त्यस्तै गायिका दुर्गा सापकोटा र गायक दिपक खड्का, ईन्द्रिरा गैरे लगाएतले समेत दर्शकको मन जितेका थिए । मेला परिसरमा रहेका स्टल व्यापारीहरु पनि निकै व्यस्त थिए भने अरु दिन भन्दा बढि व्यापार भएकोमा सन्तुष्टि थिए ।

यसैगरि मेला परिषरमा बिहिबार बाट सुरु भएको खुल्ला उपमेयरकप पुरुष भलिवल प्रतियोगिताले पनि मेलाको रौनक झन् बढाएको छ । शनिबार नवलपुर भलिबल संघ र गुल्मि भलिबल संघ बिच भएको सेमिफाइनल खेलमा नवलपुर भलिबल संघले गुल्मि भलिबल संघलाइ पराजित गरेको छ । त्यस्तै अर्को खेलमा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले नवलपरासी भलिबल संघलाइ हराउदै फाइनलको यात्रा सुनिश्चित गरेको छ । आइतबार हुने फाइनल खेलमा नवलपुर भलिबल संघ र मणिमुकुन्द भलिबल क्लब रुपन्देही पहिलो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्, सो खेलबाट पराजित टिम दास्रो हुनेछ भने तेस्रो स्थानका लागि नवलपरासी भलिबल संघ र गुल्मि भलिबल संघ बिच प्रतिस्पर्धा हुने खेलकुद व्यवस्थापन समितिका संयोजक तथा संघका सदस्य चुरामणी गैरेले बताए । प्रतियोगितामा बिजेता समुहलाई १ लाख १० हजार रुपैया र दोस्रो हुनेले ६० हजार रुपैया नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।