sunwal

सुनवल १२ भुमहीमा पाण्डेको अध्यक्षतमा १५ सदस्यिय वडा बालसंजालको पुनर्गठन

129

उर्मिला यादव

सुनवल,मंसिर १४

नेपालको पहिलो बालमैत्री नगरपालिका सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा वडा बाल संजालको आज शनिबार एक कार्यक्रमका बिच पुनगर्ठन गरीएको छ । वडा बाल संजालको आयोजनामा भएको कार्यक्रममा कृष्ण पाण्डेको अध्यक्षतमा १५ सदस्यिय वडा बालसंजालको पुनर्गठन गरीएको हो । जसको उपाध्यक्षमा निशा तिवारी , कोषाध्यक्षमा कृष्ण सापकोटा , सचिवमा तारा डुम्रे , सहसचिवमा दिया शर्मा चयन हुनु भएको छ भने सदस्यहरुमा इशा सुनार , अस्मिता चौधरी , रोशन ढकाल, , शिव प्रसाद चौधरी , सायस्था न्यौपाने , पार्वती सुनार , आकृती न्यौपाने , असिम रानामगर , र मेनुका न्यौपाने चयन हुनु भएको छ । सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीका वडा बाल संजालका निबर्तमान अध्यक्ष बिक्रम तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे रहनु भएको थियो । कार्यक्रममा सुनवल नगरपालिका बालमैत्री फोकलपर्सन चुरामणी नेपाल , सुनवल नगरपालिका बालमैत्री सहजकर्ता सुम्निमा पन्थी , समुदाय स्तरको बालमैत्री समिती वडा नम्बर १२ का संयोजक कला भटराइ , सुनवल नगरपालिका वडा नम्बर १२ को बालमैत्री वडासमिती सदस्य जयराम बस्याल, बालमैत्री स्वयमसेवक भिमा क्षेत्री लगायतको सहभागिता रहेको थियो ।