कृष्ण ढकाल
बर्दघाट ,पौष–१५
बर्दघाटमा रहेको न्यू लाईफ माविले साता ब्यापी कार्यक्रमको आयोजना गरी आफ्नो रजत महोत्सव मनाउने तयारी गरेको छ । विद्यालय स्थापनाको पच्चिसौँ वर्ष पुरा गरेको अवसरमा न्यू लाईफ माविले विभिन्न प्रकारका कार्यक्रमहरुगरी रजत महोत्सव मनाउन लागेको मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पौष १८ गतेवाट शुरुगरी पौष २४ गतेसम्म संचालन हुने विभिन्न प्रकारका गतिविधिहरुका वारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन न्यू लाइफ मा.विका प्रबन्ध निर्देशक डिल बहादुर अधिकारी (डि.बि.)को अध्यक्षता र शिक्षक प्रकाश न्यौपानेको संचालनमा सम्पन्न् भएको थियो । पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका जिज्ञाशाहरुको संबोधन प्रधानाध्यापक सन्तोष अधिकारी क्षेत्रीले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा मा.वि.तथा कलेजका शिक्षक र शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।
पौष १८ गते उद्घाटन समारोह प्रदेश न.ं ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालको प्रमुख आतिथ्यतामा समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गरि पौष १९ गते शनिबार बर्दघाट नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पौष २० गते आइतबार पारिजात सामुदायिक वन तथा उपभोक्ता समितिको सहकार्यमा अशोकाका विरुवाहरु पारिजात वनले स्थापना गर्न लागेको हरियाली पार्कमा वृक्षारोपण गरिने साथै सोही दिन नगर तथा सार्वजनिक स्थल सरसफाई कार्यक्रम गरिने बताएको छ । त्यस्तै गरि पौष २१ गते सोमबार नेपाल रेडक्रस सोसाइटी माकर उपशाखासंगको सहकार्यमा स्वास्थ्य शिविर, नेत्र दान, रक्त दान र दीन दुःखी सहयोग गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गरि पौष २२ गते मंगलबार पाँच किलोमिटरको खुल्ला दौड प्रतियोगित र खुल्ला कविता वाचन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम गर्ने बताइएको छ । पौष २३ गते बुधबार यस विद्यालयमा अध्यापन गरिरहेको विद्यार्थीहरुले विज्ञान प्रदर्शनी तथा खाना महोत्सब (फुड फेस्टिवल) गर्ने त्यस्तै गरि पौष २४ गते विहिबार पूर्व एस.एल.सीरएस.ई.ई. उत्तीर्ण विद्यार्थी लगाएत विविध क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आफ्नो रजत महोत्सब कार्यक्रमको समापन गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।