उमेश बि.क
सरावल ,१३ पुस
पर्यटन प्रबर्द्वन गर्ने उद्देश्यले सरावल गाउँपालिकामा पर्यटन समिति गठन गरिएको छ । भ्रमण वर्ष २०२० लाई प्रभावकारी ढंगले सफल बनाउन सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा ११ सदस्यीय पर्यटन समिति गठन गरिएको हो। जसको अध्यक्षमा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी , सदस्यहरुमा वडा अध्यक्षको तर्बबाट सम्भु प्रसाद चौधरी, वडा सदस्यको तर्बबाट नरेन्द्र प्रसाद चौधरी,पत्रकार तर्फबाट उमेश कुमार बि।क ,महिला तर्फबाट टोप कुमारी चौधरी,नम्रता चौधरी,शान्ति कुमारी चौधरी,पर्टन सम्बन्धि जानकार तर्फबाट बिश्वनाथ गुप्ता तेलि,ब्यवसायबाट किशोर कुमार चौधरी,सदस्य सचिव झबिश्वर रेग्मी लगाएत चयन हुनुभएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले सरावल गाउँपालिका प्रर्यटन सम्भावना बोकेको थुप्रै ठाउँहरु रहेको छन। आर्थिक उन्नति ,समृद्धि र बिकास प्रर्यटन संगै जोडिदै आएको कुरा हो । जुन ठाउँमा प्रर्यटन प्रबर्द्वन भएको छ त्यहाको बाटोघाटो लगाएत विभिन्न संरचना उद्योग ,ब्यवसाय आर्थिक बृद्वि बिकास भएको छ त्यसकारणले गर्दा हामीले प्रर्यटन प्रबर्द्वनमा जोड दिन जरुरी रहेको छ। सरावल गाउँपालिका वडा नं। १ देखि ७ सम्ममा भएको पर्यटकिय क्षेत्रको संरक्षण प्रबर्द्वनमा हामी सबै लाग्न जरुरी रहेको र भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैले सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो। त्यस्तै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मीले भ्रमण वर्षलाई सफल बनाउनका लागि सबैले सक्रियताका साथ काम साथै स्थानीय तहहरुमा भएका पर्यटन स्थल तथा पर्यटन गन्तव्यको खोजी गरेर सुचिकृत गर्ने कुरामा जोड दिनुभएको हो।