बर्दघाट,मंसीर–१२
गत मंगलबार राजा महात्मा पूर्णभद्र माधयामिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टुक प्रसाद बस्याल माथी विद्यालय परिसमै भएको कुटपिटको घटना प्रति नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बर्दघाट नगर कमिटिले ध्यान आकर्षण भएको जनाएको छ । नगर कमिटिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै घटना प्रति ध्यान आकर्षण भएको जनाएको हो । नगर कमिटिका कार्यबाहक अध्यक्ष हरिरञ्जन पौडेल द्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका संगठित सदस्य तथा राजा महात्मा पूर्णभद्र माध्यामिक विद्यालयका विद्यालय बयबस्थापन समिति अध्यक्ष रहेका टुक प्रसाद बस्याललाई विद्यालय हाता भित्रै केहि उच्छृङ्खल अराजक समुहले सांघातिक आक्रमण गरी घाईते बनाएकोमा पार्टीको गम्भिर धयान आकर्षण भएको उल्लेख छ । घटनामा संलग्न दोषिलाई तत्काल कानुनी कठघरमा उभ्याई हदै सम्मको कामरवाहि गरी विद्यालयको पठनपाठन शान्तिपूर्ण रुपमा संचालन गराउनका लागि सम्बन्धीत निकाय संग जोडदार माग गर्दछौं विज्ञप्तीमा उल्लेख गरिएको छ ।