Sarawal sit lahar Notis

लैंङ्गिक तथा यौनिक अल्पसङख्यक समुदायका लागी समाजिक सुरक्षाको ग्यारेन्टि गर्न सरोकारवालाहरुले माग ।

0 56

कृष्ण ढकाल
परासी, मंसीर–१०
लैंङ्गिक तथा यौनिक अल्पसङख्यक समुदायका लागी समाजिक सुरक्षाको ग्यारेन्टि गर्न सरोकारवालाहरुले माग गरेका छन् । लैंङ्गिक हिसां विरुद्धको १६ दिने अभियान अन्र्तगत सोमवार दोस्रो दिन रामग्राम नगरपालीकामा भएको सचेतना कार्यक्रममा बोल्ने सरोकारवाला समुदायहरुले उक्त माग गरेका हुन । उनीहरुले नितिगत रुपमा अधिकार आएपनि ब्यवहारीक रुपमा लागुहुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका थिए । रामग्राम नगरपालीकाको सहकार्य र सहजिकरण नेपालको आयोजना रहेकोे कार्यक्रममा बोल्दै रामग्राम नगरपालीकाकी नगर उपप्रमुख रम्भा कुँवरले तेस्रो लिङ्गिहरुलाई समाजले हेर्ने दुष्टिकोणमा परिर्वतन आएपनि अझै जनचेतनाको आवश्यकता रहेकोमा जोड दिनुभएको थियो । उहांले रामग्राम नगरपालीकाको आप्नो योजनामा आगामि वर्षदेखि लैंङ्गिक तथा यौनिक अल्पसङख्यक समुदायका लागी समाजिक सुरक्षाको ग्यारेन्टि हुने निति तयगरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
समानताको पुस्ता बलात्कार विरुद्ध एक्येवद्धता भन्ने मुल नाराका साथ देशैभर लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियान सोमवार देखि शुरु भएको छ । मंगलवार नवलपरासीमा सहजिकरण नेपाल नवलपरासीकी अध्यक्ष पुष्पा लामाको सहजीकरण रहेको कार्यक्रममा रामग्राम नगरपालीकाका लेखा शाखा प्रमुख संजय कुमार शर्मा पत्रकार वेचु गौड, रामग्राम नगरपालीकाकी महिला बालबालीका शाखा प्रमुख तारा अर्याल लगाएतले आ–आफ्ना धारण राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.