Sarawal sit lahar Notis

नवलपरासीमा कानुनका विद्यार्थीहरु विच अन्तरक्रिया ।

0 34

प्रकाश न्यौपाने
नवलपरासी, मंसिर १०

सुनवलमा रहेको महाकवि देवकोटा माध्यामिक विद्यालय र बर्दघाटमा रहेको न्यू लाइफ माध्यामिक विद्यालयमा कानुन विषय अध्ययनरत विद्यार्थीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि महाकवि देवकोटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले विद्यार्थीहरुको सिकाइमा गुस्तरीयता हुनु पर्ने बताउनु भयो । बर्तमान समयमा शिक्षण क्रियाकलापलाई प्रविधि मैत्रि र व्यवाहारीका हुनुपर्ने बताउदै अर्यालले देवकोटाले पनि आफुलाई प्रविधि मैत्रि र व्यवाहारीका शिक्षण सिकाइमा अग्रसर बनाउदै अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि महाकवि देवकोटाका सहायक प्रधानध्यापक डिल्लीराम शर्माले अन्तरक्रिया कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने बताउनु भयो । कार्यक्रम माथि प्रकास पार्दै शिक्षक प्रकाश न्यौपानेले नवलपरासी जिल्लामा कानुन विषय संञ्चालनमा रहेको दुई विद्यालय देवकोटा र न्यू लाईफका विद्यार्थीहरु विच विद्यार्थी केन्द्रित सिक्षण सिकाइ गर्न कार्यक्रम गरीएको बताउनु भयो ।
महाकवी देवकोटा मा.वि. सुनवलमा कक्षा ११ का विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सोही विद्यालयका कक्षा १२ र न्यू लाइफ मा.वि. कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरु विच करीव दुई घण्टा एकआपसमा प्रश्नउत्तर एवं अन्तक्रिया भएको छ । अन्तरक्रियामा कानुन विषयका शिक्षक दामोदर घिमिरे र प्रकाश न्यौपानेले सहजिकरण गर्नु भएको छ । महाकवि देवकोटा मा.वि. सुनवलमा कक्षा ११ कि छात्रा ममता शाहानिको अध्यक्षता रहेको कार्यक्रममा स्वगत मन्तव्य इशा कार्कीले गर्नुभएको छ भने कार्यक्रम सञ्चालन सर्मिला गोर्खालिले गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.