Sarawal sit lahar Notis

सुनवल नगरपालिका वडा नम्बर ५ बनकटटी र वडा नम्बर १३ बडेरामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन

0 46

उर्मिला यादव

सुनवल,मंसिर ७

सुनवल नगरपालिका वडा नम्बर ५ बनकटटी र वडा नम्बर १३ बडेरामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमका बिच उदघाटन गरीएको छ । सुनवल नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष थमनंिसंह नेपाली र वडा नम्बर १३ का वडाअध्यक्ष तथा सुनवल नगरपालिका नगरप्रवक्ता कृष्ण प्रसाद देवकोटाको अध्यक्षता तथा सुनवल नगरपालिका नगरप्रमुख भिमबहादुर थापा क्षेत्रीको प्रमुख आथित्यता तथा उपप्रमुख दधिराम अर्यालको बिशिष्ठ आथित्यतामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीएको हो ।

सुनवल नगरपालिका वडा नम्बर ५ बनकटटी र वडा नम्बर १३ बडेरामा स्थापना गरीएको आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट के कस्ता सेवा सुबिधा प्रदान गरीने त्यहाका स्थानियलाइ सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी गराउनु भएको थियो । भने कार्यक्रम संचालन सुनवल नगरपालिका स्वास्थ्य शाखा सिनीयर अहेव अधिकृत चुरामणी नेपालले गर्नु भएको थियो ।

कार्यक्रममा साबिक रामनगर गाबिसका अध्यक्ष कृष्ण प्रसाद बगाले ,सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे बिभिन्न राजनितिक दलका प्रतिनिधी , समाजसेवी, बाल क्लब, युवा समुह ,स्थानिय ब्यक्तित्व लगायत सरोकारवाला ब्यक्तित्वहरु को सहभागिता रहेको थियो ।

यस्तै गरी भोलि सुनवल नगरपालिका वडा नम्बर ४ रमवापुर र वडा नम्बर ७ तरंगौलीमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीने सुनवल नगरपालिका स्वास्थ्य शाखा सिनीयर अहेव अधिकृत चुरामणी नेपालले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.