उर्मिला यादव
सुनवल,मंसिर ६
सुनवल नगरपालिका .वडा नं.३ र ६ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमका बिच उदघाटन गरीएको छ । सुनवल नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कर्ण बहादुर सेन ठकुरी र वडा नम्बर ६ का वडाअध्यक्ष राम प्रसाद लामातामांगको अध्यक्षता तथा सुनवल नगरपालिका नगरप्रमुख भिमबहादुर थापा क्षेत्रीको प्रमुख आथित्यता तथा उपप्रमुख दधिराम अर्यालको बिशिष्ठ आथित्यतामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीएको हो ।
सुनवल नगरपालिका वडा नम्बर तीन र ६ मा स्थापना गरीएको आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट के कस्ता सेवा सुबिधा प्रदान गरीने त्यहाका स्थानियलाइ सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी गराउनु भएको थियो । भने कार्यक्रम संचालन सुनवल नगरपालिका स्वास्थ्य शाखा सिनीयर अहेव अधिकृत चुरामणी नेपालले गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधी , समाजसेवी, बाल क्लब, युवा समुह , स्थानिय ब्यक्तित्व लगायत सरोकारवाला ब्यक्तित्वहरु लगायतको सहभागिता रहेको थियो । यस्तै गरी भोलि सुनवल नगरपालिका वडा नम्बर ५ बनकटटी र वडा नम्बर १३ बडेरामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीने सुनवल नगरपालिका स्वास्थ्य शाखा सिनीयर अहेव अधिकृत चुरामणी नेपालले जानकारी दिनु भएको छ । सुनवल नगरपालिकाले नगरभित्र रहेका वडा नम्बर २ , ३, ४ , ५, ६ सात र वडा नम्बर १३ मा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गर्ने जनाएको छ ।