Sarawal sit lahar Notis

तमु ह्युल छोंधी गुरुंग राष्ट्रिय परिषद नवलपारसीको २५ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न।

0 106

बर्दघाट,कार्तिक–३०
तमु ह्युल छोच्दी गुरुंग राष्ट्रिय परिषद जिल्ला कार्य समिति पश्चिम नवलपारसीको २५ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम २०७६ शनिबार होलिकेयर सेकेण्डरी र्ईन्गिलश बोर्डिंग स्कुल पालडाडामा सम्पन्न भएको छ । सस्थाका जिल्ला अध्यक्ष पुराण गुरुंगको अध्यक्षता तथा परिषदका केन्द्रिय सहकोषाध्यक्ष टौ बहादुर गुरुंगको प्मुख आतिथ्यता एवं परिषदका प्रदेश नमबर ५ अध्यष चन्द्र बहादुर गुरुंगको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुंगले आफ्नो भाषा, धर्म र सस्कृतीका लागी सबै एक जुट भएर लाग्नुपर्ने बताउदै नयाँ पिढिहरुले आफ्ना सस्कृती र भाषा बिर्सदै जादा लोपनिय अवस्थामा पुगेको भाषा र सस्कतीलई सरक्षणका निम्ती आफ्ना पुस्ता लाई सिकाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नवलपरासी जिल्लाबाट तमु समुदायको विभिन्न विधामा जस्तै उच्च ओहदाका कार्मचारी, शिक्षक शिक्षिका, विद्यालय सञ्चालक, उत्कृष्ट ब्यवसायी, स्वास्थ्य क्षेत्रका प्रतिनिधि, मास्टर डिग्रि गर्ने विद्यार्थी, जनप्रतिनिधि र खेगी गुरुंगहरु लगाएत २ सय ४३ जनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सम्मानित हुने शिक्षक शिक्षिकाको तर्फबाट लक्ष्मी गुरुंग, प्याब्सन उपाध्यष डम्मर बहादुर गुरुंड, सस्थाका प्रमुखहरुको तर्फबाट धन बहादुर गुरुंग, स्वास्थ्य प्रतिनिधिबाट मोनिका गुरुंग, जनप्रतिनिधिका तर्फबाट बर्दघाट १६ का वडाध्यक्ष शुक बहादुर गुरुंग, माङगी केन्द्रिय उपाध्यक्ष टिचन गुरुंग, प्रदेश नम्बर ४ का परिषद उपाध्यक्ष बुद्धि बहादुर गुरुंग, भाष तथा खेमा लिपि प्रशिक्षकको तर्फदेखी भिम बहादुर गुरुंग, प्रदेश नमबर ५ का परिषद प्रमुख चन्द्र बहादुर गुरुंग लगाएतले कार्यक्रममा शुधकामान मन्तब्य राख्नुभएको थियो । परिषदकी जिल्ला सदस्य सृष्टी गुरुंगको स्वागत मन्तब्याबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव ईन्द्र गुरुंगले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.