Jilla Ban Notis

२६ औ बिश्व आदिवासी दिवस विविध कार्यक्रम गरि मनाइदै ।

0 58

बि.पि. ढकाल
भुमही,साउन –२३
२६ औ बिश्व आदिवासी दिवसको अवसर पारी नेपाल आदिवासी जनजाती माहासंघ पश्चिम नवलपरासीले विविध कार्यक्रम गरि दिवस मनाउने भएको छ। हरेक बर्षको अगस्ट ९ तारिकका दिन बिश्व आदिवासी दिवस मनाउदै आईएको छ। यस बर्ष बिश्वका सम्पूर्ण आदिवासी जनजातीहरु एक हौ भन्ने मुल नाराका साथ दिवस मनाइन लागिएको शुक्रबार भुमहिमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गरायको छ।नेपाल आदिवासी जनजाति माहासघ जिल्ला समन्वय परिषद नवलपरासीको आयोजना र नेपाल आदिवासी जनजाति माहासघ नगरसमन्वय परिषद सुनवलको सह(आयोजनामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माहासंघका जिल्ला अध्यक्ष देबराज चौधरीले कार्यक्रमको बारेमा जानकारी गराउदै बिश्व कोरोना भाइरस कोविड १९ ले आक्रन्त बनाइ रहेको अवस्थामा विभिन्न सुरक्षा अपनाउदै दिवस लाइ भब्य र सभ्य रुपले मनाउन लागिएको बताउनु भयो ।
माहासंघका बिभिन्न पदाधिकारी हरुको उपस्थितिमा सम्पन्न समेलनमा बोल्दै अध्यक्ष चौधरीले चितवनको चेपाङ जातिको घरमा गरिएको आग्जनी र चेपाङ जाती माथी ज्यानै जाने गरि गरिएको अमानवीय व्यवहार प्रती खेद व्यक्त गर्दै उनिहरु लाई क्षतिपूर्ति प्रदान गर्नु पर्ने र दोषी माथी कडा आनुनी सजाय गर्न समेत आग्रह गर्नु भएको थियोे ,माहासंघले आयोजना गर्ने तिन दिवसीय कार्यक्रम अन्तरगत आज पत्रकार सम्मेलन गरिएको र २४ गते सनिवार भुमहिमा रक्तदान गर्ने साथै २५ गते आइतबार सामाजिक दुरि कायम गर्दै सुनवल १३ को सुन्दरबस्तीको बौद्ध बिहारमा अन्तरक्रिया गरिने भएको छ, । पत्रकार सम्मेलन माहासंघका जिल्ला अध्यक्ष देवराज चौधरीको अध्यक्षता र जिल्ला सचिब मनबहादुर थापाको सन्चालनमा सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.