Jilla Ban Notis

हाम्रो सुपर साकोस बर्दघाट–२ चिसापानीकोे १५ औ वार्षिक साधारण सभा सम्पन्न् ।

0 178

कृष्ण ढकाल
बर्दघाट,असोज–८
हाम्रो सुपर साकोस बर्दघाट–२ चिसापानीकोे १५ औ वार्षिक साधारण सभाको प्रतिनिधिमूलक सभा सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त सभा सम्पन्न् भएको हो ।

सभालाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले सानो पुंजीवाट शुरुभएका कतिपय सहकारीहरु अहिले करोडौंको कारोवार गर्नै गरेको उदाहरण दिदै हाम्रो सुपर साकोसको गति पनि सोही दिशा तर्फ उन्मुख रहेको बताउनु भएको थियो । उहांले सहकारीमा निति बिधि र प्रविधिसंगै पारर्दशीताको पाटोमा सवल रहन सके शेयर सदस्यहरुसंगै समाजलाई पनि सहयोग पुग्ने विश्वार ब्यक्त गर्नु भएको थियो ।
त्यसैगरी संस्थाकी निवर्तमान अध्यक्ष माया पौडेलले सुपर साकोसले महिला नेतृत्वहरु उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्याएको धारणा राख्नु भएके थियो । सहकारीमा बचत गर्ने सबैभन्दा बढी महिला हुनु र नेतृत्वमा पनि महिला अगाडी हुनुले सुपरमा लागेका महिलाहरुको आर्थिक पाटो पनि मजबुत रहेको अनुभव सुनाउदै पहिले घर समृद्ध बनाएर मात्र टोल समाज र नगर समृद्ध हुने भएकाले नगर समृद्ध बनाउन हाम्रो सुपर साकोस बर्दघाट–२ चिसापानी कटिबद्ध भएकार लागेको धारणा ब्यक्त गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष खेमराज सुवेदीले अहिले संस्थाले नगरस्तरमा मात्र आफ्नो सेवा प्रवाह गरेको बताउदै अब जिल्ला स्तरमा नै आफ्नो सेवा विस्तार गर्ने तयारीमा लागेको बताउनु भएको थियो ।

संस्थाकी उपाध्यक्ष सावित्री दुवाडीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाका चारवटा सेवा केन्द्र र मुख्य कार्यालयको छुट्टा–छुट्टै भएको वार्षीक साधारण सभावाट आएका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । संस्थाका सचिव विष्णु प्रसाद बरालको संचालन रहेको कार्यक्रममा संस्थाकी निवर्तमान अध्यक्ष माया पौडेल,बर्दघाट नगर कार्यपालिका सदस्य प्रेम भुजेल,शान्ति निकुञ्ज माबि पाल्डाँडाका प्र.अ. विजयरत्न पराजुली लगाएतको उपस्थिती रहेको थियो ।

हाम्रो सुपर साकोस परिवारको सामुहिक तस्विर

करिव ३२ करोडको कारोवार गर्न सफल रहेको सो संस्थाले अहिले ४ हजार ८ सय ९१ जना शेयर सदस्य बनाएको र २ करोड ९१ लाख ७९ हजार २ सय रुपैया शेयर रहेको आफ्नो वार्षीक प्रति प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसैगरी २४ करोड ६६ लाख २८ हजार ९ सय १ रुपैया बचत , २७ करोड ३१ लाख ५८ हजार ६ सय १२ रुपैया ऋण लगानी गरेको र १ करोड २४ लाख ९ हजार ५ सय रुपैया बाहिय ऋण रहेको आफ्नो वार्षीक प्रति प्रतिवेदनमा उल्लेख गरेको छ भने जगेडा कोषमा १ करोड ६० लाख रहेको उल्लेख गरेको छ । यसरी आफ्नो जम्मा कुल पुंजी ३२ करोड ८३ लाख २७ हजार ८ सय २५ रुपैया रहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.