Jilla Ban Notis

सूर्य ज्योती यूवा क्लवले शुरु गर्यो फोहर संकलन तथा ब्यवस्थापनको कार्य ।

0 27

कृष्ण ढकाल
बर्दघाट,असार–२७
सूर्य ज्योती यूवा क्लव बर्दघाट–२,चिसापानीले आज एक कार्यक्रमको आयोजना गरी दुईवटा कार्यक्रमको शुरुवाद गरेको छ । क्लवका अध्यक्ष राम भण्डारीको अध्यक्षता र वडाअध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रकको शुभारम्भ गरीएको थियो । बर्दघाट नगरपालिका वडा नं. २ मा रहेका ७ वटा ब्लकहरुको फोहर संकलनको जिम्मा पाएको सूर्य ज्योती युवा क्लवले आज एक कार्यक्रमका विच उक्त कार्यको शुभारम्भ गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथीक औषधीको वितरण कार्य समेत गरेको छ ।
नेपाल राष्ट्रिय माडवारी परिषद्को सहकार्यमा बर्दघाट उद्योग वाणीज्य संघले उपलब्ध गराएको उक्त रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथीक औषधी बर्दघाट उद्योग वाणीज्य संघले सोही कार्यक्रममा हस्तान्त्रण गरेको थियो । मारवाढी सेवा समाज द्वारा उत्पादित आर्सिनिकम एल्वब ३० सि नामक रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियो प्याथिक औषधी नि ः शुल्क रुपमा वितरण गरिएको छ । विहान खाली पेटमा ३ दिनसम्म एक एक चक्की लगातार खाने र त्यसपछि १ गोली हप्तामा एक पटक गरी ३ हप्तासम्म गरी जम्मा ६ गोली खाएपछि त्यसको डोज पुग्ने वितरीत औषधीको कभरमा उल्लेख गरीएको छ ।

सो अवसरमा बोल्ने बक्ताहरुले क्लवले फोहर मैलाको ब्यवस्थापन गरेर वडावासीहरुको स्वास्थ्य प्रति सकरात्मक कार्य गर्नुका साथै अहिलेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथीक औषधीको वितरण समेत गर्ने बातावरण मिलाएको प्रति क्लवलाई धन्वाद प्रकट गरेका थिए ।

त्यसैगरी उनीहरुले स्वास्थ्यको कुरा गर्दैगर्दा अहिले चिसापानीमा निमार्ण भैरहेको आईसोलेसनवाडको निमार्ण कार्यले पनि चिसापानी अस्पतालको भविष् शुनिश्चीत भएको भन्दै वांकी खाली जग्गा जोगाउन सबै एक हुन जरुरी रहेकोमाजोड दिएका थिए । उनीहरुले फोर ब्यवस्थापनलाई पनि अहिले देखि नै फोहरलाई मोहरमा रुपान्त्रण गर्ने कार्यको शुरुवाद गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. २ की वडाअध्यक्ष दया दर्लामी,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,समाज सेवी यम बहादुर थापा,मोहन गुरुङ्ग,माया पौडेल,होम बहादुर गुरुङ्ग,हेमलाल ज्ञवाली लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

सूर्य ज्योती यूवा क्लव बर्दघाट–२,चिसापानीका प्रेम भुजेलको स्वागतवाट शुभारम्भ भएको कार्यक्रमको संचालन सचिव टेक बहादुर बुढाथोकीले संचालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.