Jilla Ban Notis

सुनवल –५,बनकट्टीमा रक्तदान कार्यक्रम सम्पन्न ।

0 123

कृष्ण ढकाल
बर्दघाट,फागुन–२०
शुभ लक्ष्मी वचत तथा ऋण सहकारी संस्था सुनवल–५ बनकट्टीको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष गंगा बहादुर गुरुङ्गको अध्यक्षता र सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा भएको उक्त रक्तदान कार्यक्रममा सुनवल वडा नं.५ का वडाध्यक्ष नेत्रलाल शर्मा,कार्यपालिका सदस्य जुठीमाया पुन,वडा सदस्य लगाएत बिभिन्न सामाजिक यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

नेपाल रेडक्रश सोसाईटी सुनवल र परासीको प्राविधिक सहयोग रहेको उक्त रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक मिलन कुमार गुरुङ्गले जानकारी दिनु भएको छ । संस्थाका उपाध्यक्ष यम प्रसाद पाण्डेको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन अस्मिता लाकौलले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.