Jilla Ban Notis

सुनवल युनाइटेडमा अतिरिक्त क्रियाकलाप सप्ताह शुरु ।

0 69

सुनवल,फागुन–४
सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुल,सुनवल–४ मा अन्तर सदनात्मक नेपाली वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ । कक्षा ३ देखी ५ सम्म र कक्षा ६ देखी ९ सम्म को दुई तहकोप्रतियोगितामा शिक्षक अञ्जना नाउ र राधा के.सीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

कक्षा ३ देखी ५ सम्मको वक्तृत्वकलामा कक्षा – ५ की स्वस्तिका जि.सी प्रथम , कक्षा – ४ की प्रियंशा कण्डेल द्वितीय , कक्षा – ५ की अंकिता बि.के तृतीय र कक्षा – ३ का रिजन पौडेलले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसैगरी कक्षा ६ देखी ९ सम्मको वक्तृत्वकला प्रतियोगितामा मिसन पंगेनी र कृपा घिमिरे प्रथम, बिनिता बर्मा द्वितीय, आयुष्मा खरेल तृतीय र सफल ढकाल सान्त्वना हुनु भएको थियो । भने प्रतियोगितामा कक्षा ३ देखी ९ सम्मका ५७ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए।

यहि फागुन १० देखी १६ गतेसम्म हुने तेस्रो इ.सि.ए मिट प्रतियोगिता कार्यक्रम विद्यार्थी इन्दिरा सारु र सफल ढकालले संचालन गर्नुभएको थियो ।

प्रतियोगिता कार्यक्रम अतिरिक्त व्रिmयाकलाप संयोजक माया गुरुङ्गको अध्यक्षता र प्याब्सन लुम्बिनी प्रदेश सचिव एंव विद्यालयका प्रिन्सिपल धनराज चापागाईको प्रमुख आतित्थ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.