Jilla Ban Notis

सुनवल नगरपालिकाद्धारा आगामी नीति तथा कार्यक्रमबारे सरोकरवालासंग सुझाव संकलन

0 37

गौरीशंकर जयसवाल
परासी ७ असार
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी आथर््िाक बर्षको बजेट नीति तथा कार्यक्रम निर्माण गर्नको सरोकरवालासंग पूर्व छलफल तथा सुझाव संकलन गरेको छ ।सुनवल सिकाईकेन्द्रको हलमा नगरपालिकाकाले बिभिन्न राजनितीक दल,संघसंस्थाका र सरोकरवालहरुसंग आर्थिक बर्ष ०७९।०८०को नीति कार्यक्रम तथा बजेटको बिषयमा छलफल र राय सुझाव संकलन गरेको हो ।
आगामी बर्षको योजना बस्ती र वडाहरुबाट छनौट लागि बस्ती वडास्तरबाट योजना संकलन गरीसकेपछि राजनितीक दल संघसस्था र सरोकारवाहरुसंग पूर्व छलफल तथा रायसुझाव संकलन गरिएको नगरप्रमुख विमला अर्यालले बताउनु भयो ।

कार्यक्रममा वडानं १२का पूर्व वडाअध्यक्ष यामलाल पाण्डेयले आफ्नो पालमा संचालित गौरबका आयोजनाहरुलाई सुनवल नगरपालिकाले निरन्तरता दिनुपर्नेममा जोड दिएका थिए । उनले कृषि क्षेत्रलाई बिशेष प्रथामिकता राखि कृषकहरुलाई मासु र अण्डा आत्मानिर्भर बनाउनुपर्ने बताउदै टुक्रे योजना भन्दा दीर्घकालिन योजना बनाउनुपर्ने बताए ।

नेकपा एमाले जिल्ला उपध्याक्ष डोलराज भण्डारीले नगरपालिकाले दिर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिए । सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कार्मर्चयाले हाम्रो देश कृषि प्रधान देश भएकोले नगरपालिकाले कृषि क्षेत्रलाई बजेटमा प्रथामिकता राखेर कृषि पकेट क्षेत्रमा लागानी गरेर उत्पादनमा जोडदिनुपर्ने सुझाव दिएका थिए ।

महाकाबि देवकोटाका क्याम्पस प्रमुख कृष्णप्रसाद लामिछानेले गुणस्तरीय शिक्षा कायम गर्नको निम्ती शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेर बजेट बिनियोजन गर्न तथा बिद्यालायहरुको भौतिक पूर्वाधारमातर्फ ध्यान दिन नगरपालिकालाई अग्रह गरेका थिए ।

बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन अर्चाय कृषि क्षेत्रमा लागानी बढी गरेर उत्पादनमा जोडदिनुपर्ने बताउदै एक सहकारी एक उद्यमको योजना नगरपालिकाले ल्याउनुपर्नेमा जोड दिए ।
खानेपानी सरसफाई तथा उपभोक्ता महासंघ नगर अध्यक्ष दिपक रानाले नगरमा खानेपानी आयोजनाहरु निमार्णधिन अवस्थामा रहेकोलेत्यसलाई पुरा गर्न खानेपानी क्षेत्रमा बजेट बिनियोजन गर्न सुझाव दिएका थिए ।

समाजसेवी शंकर गौतमले नदीजन्य पदार्थलाई ऐन नियम र कानून निमाणर््ा गरी नदी संरक्षण गदै खोला समयमा ठेक्का लागाउन र नदी किनारा अतिक्रमण गरी बसेका बस्तीलाई हटाएर व्यवस्थित बस्ती व्यवस्थापन गर्न नगरपालिकालाई अग्रह गरेका थिए ।उनले भौतिक पूर्वाधार वा बाटो घाटो निमार्ण गर्दा जनता थाहा पाउने गरी होडिङ्ग बोर्ड राख्नुपर्ने बताए ।

सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खड्क बस्नेत ,पूर्व गाविस अध्यक्ष थानप्रासद गैरे एमालेका सुनवल नगरअध्यक्ष दुर्गा सुबेदी ,बिष्णुपौडेलले लागायतले सुझाव दिएको सुनवल नगरपालिकाका रेशम शार्माले जानकारी दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.