Jilla Ban Notis

सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अति बिपन्न परिवारलाई निःशुल्क धारा जडान गर्दै ।

नया धारा जडानका लागि अब दश हजार दस रुपैया मात्र लिने ।

0 147

सुनवल,फागुन–३०
सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुनवलको सातांै सधारण सभा तथा पांचौं अधिबेसनवाट निर्वाचीत नयां कार्य समितिको पहिलो मासिक बैठक सप्पन्न भएको छ ।  बैठकले आम उपभोक्ता र सर्बसाधारणको जनचाहना र जनगुनासोलाई मध्यनजर गरि केही महत्त्वपूर्ण निर्णयहरु गरेको संस्थाका अध्यक्ष खड्ग वस्नेतले जानकारी दिनु भएको छ । आज फागुन ३० गते बसेको समितिको पहिलो बैठकले यहि चैत्र १ गते बाट लागु हुने गरि प्रतिधारा न्युनतम शुल्क रु ५०।–कायम गर्ने निर्णय गरेको अध्यक्ष वस्नेतले जानकारी दिनु भएको छ ।
त्यसैगरी बैठकले एक घर एक धाराको अभियानलाई सफल बनाई संस्थाको सेवा क्षेत्रभित्रका सबै उपभोक्ताहरुलाई खानेपानी सर्वसुलभ तरीकाले उनीहरुको पहुंचमा रहनेगरी विस्तार गर्ने निर्णय गरेको बताईएको छ । त्यसैगरी नया धारा जडानका लागि यसअघि पन्ध्र हजार दश रुपैयाँ  लिईदै आएकोमा त्यसलाई समायोजन गरि अब दश हजार दस रुपैया मात्र लिने गरी निर्णयभएको संस्थाका कार्यसमिति सदस्य रमेश नेपालीले गाउंले दर्पण अनलाईनलाई बताउनु भएको छ ।
उपभोक्तहरुको पक्षमा रहेर कार्य गर्ने योजना लिएको कार्य समितिले आफ्ना उपभोक्ताहरु मध्ये बिपन्न परिवारलाई किस्ताबन्दीमा खानेपानीका धारा जडान गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी अति बिपन्न परिवारहरुका हकमा भने खानेपानी संस्थाले बनायको अति बिपन्न परिवारको मापदण्ड भित्र पर्ने परिवारलाई सम्बन्धित वार्ड कार्यलयको सिफारिसमामा निःशुल्क खानेपानीको धारा जडान गरिने निर्णय भएको संस्थाका अध्यक्ष खड्ग वस्नेतले जानकारी दिनु भएको छ ।
सर्बसुलभ मुल्यमा स्वच्छ खानेपानी आमजनताको घरघरमा पुर्याउने भन्दै अधिबेशनमा आफ्ना उपभोक्ताहरुलाई दिईएको वाचा पुरागर्ने गरी कार्य समिति अघि बढेको भन्दै नेकपा को सम्पुर्ण प्यान बिजयी भयपछिको यो एउटा शुरुवाती कार्यमात्र रहेको संस्थाका अध्यक्ष खड्ग बस्नेतले बताउनु भएको छ । 

Leave A Reply

Your email address will not be published.