Jilla Ban Notis

सामुदायिक वनसंग सहकार्य गरेर नगरअघि बढ्ने छ ः नगर प्रमुख श्रेष्ठ

0 49

कृष्ण ढकाल
बर्दघाट,माघ–२९
बर्दघाट नगरलाई हराभरा र स्वच्छ बनाउन बर्दघाट नगरपालिका लागिपरेको बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । नगप्रमुख श्रेष्ठले सफासुन्दर, हरियाली र बातावरण मैत्री नगर बनाउन बर्दघाट नगरपालिकाले विभिन्न अभियानहरु समेत सञ्चालन गर्दै आएको बताउनु भएको थियो ।

पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटको २४ औं वार्षिक साधारणसभा तथा परिषदमा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । वन समुहका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले बर्दघाट नगरपालिका सदैव सामुदायिक वनहरुको पक्षमा रहेको र वनको निति निर्माणका क्रममा सामुदायिक वनसंग सहकार्य गरेर अघि बढ्ने समेत बताउनु भएको थियो ।

त्यसैगरी वैज्ञानिक वन ब्यवस्थापन राष्ट्रिय उपभोक्ता महासंघका जिल्ला अध्यक्ष यज्ञ प्रसाद पाण्डेले नेपालका केही सामुदायिक वनहरुले गरेका गल्तिका कारण देशका सबै सामुदायिक वनलेमार खेप्नुपरेको भन्दै ञराज्यले सामुदायिक वन प्रबद्र्धनका लागी जुनसुकै निति ल्याएपनि सामुदायिक वनका लागी हित हुने खालका योजनाहरु बनाउनु पर्ने जोडदिनु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका बर्दघाट नगर कमिटि अध्यक्ष रविन्द्र विक्रम हमाल, नेपाली कांग्रेसका नगर सभापति दामोदर जिसि, चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ्ग, पारिजात सामुदायिक वन उपभोक्ता समुहका पुर्व सल्लाहकार ईन्द्र प्रसाद सापकोटा, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, पारिजात सामुदायिक वन उपभोक्ता समुहका पुर्व अध्यक्ष केयरसिँह गौतम लगाएतले शुभकामना मनतव्य राख्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समुहको गत आर्थिक ०७८, ७९ को प्रगती तथा आगामी बर्षको निति तथा कार्यक्रम सचिव कृष्ण प्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम समुहका कोषाध्यक्ष पवित्रा रेग्मीले आर्थिक बर्ष ०७८÷ ७९ मा आय तर्फ १९ लाख १८ हजार ५ सय ५५ रहेको र खर्च तर्फ २९ लाख ६४ हजार २ सय १५ रुपिया रहेको विवरण प्रस्तुत गर्दै चालु आर्थिक बर्ष ०७९, ८० को लागी करिब ६७ लाख ९० हजार बराबरको आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरि आन्तरिक लेखा समितिको प्रतिवेदन लेखा संयोजक राधा देवी अधिकारीले प्रस्तुत गर्नुभएको थियो । समुहका उपाध्यक्ष आनन्द पुरीको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन सचिव बालकृष्ण न्यौपानेले गर्नुभएको थियो । बर्दघाटको वडा नमबर ४, ६, १२, १३ र सरावलको ६ र ७ कार्य क्षेत्र रहेको यस वनमा ३ हजार ८ सय ५६ घरधुरीका उपभोक्ता रहेका छन भने वनको क्षेत्रफल ४ सय ७ दशमलव १५ हेक्टर रहेको छ ।

Leave A Reply

Your email address will not be published.