Jilla Ban Notis

साना किसान कृषि सहकारी रामग्रामको साधारण सभा सम्पन्न।

0 30

गौरीशंकर जयसवाल

परासी २२ पुस

साना किसान कृषि सहकारी संस्था लिको १९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडानं १९मा ग्रामिण क्षेत्रमा अवस्थित साना किसान कृषि सहकारी संस्था लिको १९ औ बार्षिक साधारण आज बन्जारियमा संस्थाको सभाहलमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष भोज थारुको अध्यक्षता तथा रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा सो अवसरमा बोल्दै गुप्ताले सहकारीले नाफा बचत मात्र गर्न होईन सहकारीमार्फत कृषि पशुपालन र उद्योग धन्दामा लगानी गर्न सहकारीहरुलाई अग्रह गरेका थिए । उनले आगामी दिनमा उत्पादनमुलक र किसानलाई सहज हुने क्षेत्रमा लगानी गर्न पनि जोड दिए । नगरप्रमुख गुप्ताले प्रत्येक घर—घरमा सहकारीहरुले आफनो शेयर सदस्यहरुलाई उद्यामशीलता बनाउन सकेमात्र सहकारीको आर्थिक समृद्ध हुने बताए । उनले यसक्षेत्रमा समास्यको रुपमा देखिएको खानेपानी समस्यालाई समाधान गर्नको लागि रामग्राम नगरपालिकाले खानेपानी टयाकी निमार्ण गरी पाईलाइर्न बिस्तार गरेर सबै खानेपानीको पहुँच सबै नागरिक पुयाउने काम गरिरहेको बताए । साधारण सभामा अध्यक्ष भोज थारुको प्रतिबेदन र लेखा समिती संयोजक रामकिसुन बानियाको आर्थिक प्रबेदन पेश गरेका थिए । २०४३ सालमा ग्रामिण् क्षेत्रमा स्थापना भएको उक्त संस्थासंग १ करोड ५८ लाख शेयर पुँजी रहेकोमा सबै खर्च कटाएर संस्थाले गत आर्थिक बर्षमा ३१ लाख ३८ हजार खुद नाफा कमाउन सफल भएको संस्थाका प्रबन्धक बाबुराम चौधरीले जानकारी ,दिए । उक्त सहकारी संस्थामा महिला सात सय तिन र पुरुष ५ सय ६० जना गरी १२सय ६३ जना शेयर सदस्य रहेका छन ।

Leave A Reply

Your email address will not be published.