Jilla Ban Notis

सरावल गाउपालिकाका जेष्ठ नगरीकहरुलाइ कम्मल तथा थर्मस बितरण

0 27

उर्मिला यादव
पुस १७
पश्चिम नवलपरासीको सरावल गाउपालिका वार्ड नँ २ को आयोजनामा आज सरावल गाउपालिका भित्र रहेका जेष्ठ नगरीकहरुलाइ एक कार्यक्रमका बिच सम्मान तथा कम्मल र थर्मस बितरण कार्यक्रम सम्पन्न भएको छ । सरावल गाउपालिका वार्ड नम्बर २ का वडाध्यक्ष शम्भु प्रसाद चौधरीको अध्यक्षता तथा सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सरावल गाउपालिका भित्र रहेका ५५ जना जेष्ठ नागरीकलाइ सम्मान तथा कम्मल र थर्मस बितरण गरीएको हो । कार्यक्रममा कार्यपालिका वडा सदस्य  सीमादेवी राय ,  वडा सदस्य बिजय सिंह गुप्ता ,नरेन्द्र प्रसाद चौधरी, दलित महिला सदस्य शान्ति देवी हरीजन लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ५५ जना जेष्ठ नागरीकलाइ ५५ वटा कम्मल र सात वटा थर्मस बितरण गरीएको सरावल गाउपालिका वार्ड नम्बर २ का वडाध्यक्ष शम्भु प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.