Jilla Ban Notis

सरावलको मनरीमा १४ औँ खिचडी माघी महोत्सवको तयारी तिव्र ।

0 60

कृष्ण ढकाल
बर्दघाट,पौष–२५
सरावलको मनरीमा १४ औँ खिचडी माघी महोत्सवको तयारी तिव्र पारीएको छ । पर्यटन बर्ष २०२० लाईलक्षित गर्दै यसपटकको माघि महोत्सव संचालन गर्नेगरी तयारी गरीएको आयेजक संस्था श्रीराम युवा प्रतिष्ठानका मेला संयोजक चक्रमणि चौधरीले बताउनु भएको छ । नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ मनरीमा अवस्थित जनता मा.बिको प्रांगणमा आयोजन ागर्न लागिएको उक्त महोत्सवको तयारी यतिवेला तिव्र पारीएको छ ।
पर्यटन प्रर्वद्धन, फुड फेस्टिबल तथा थारु कलाको संरक्षण गर्ने उद्देश्यले श्रीराम युवा प्रतिष्ठानको आयोजनामा हुन लागेको उक्त महोत्सवमा कलश यात्रा,थारुहरुका विभिन्न नृत्य प्रतियोगिताहरु ( झमटा नाच,झुमरा नाच,झर्रा नाच,लाठी नाच) हस्तकला प्रदर्शन र खानाका परिकारहरुको स्टल,खुल्ला पुरुष भलिबल प्रतियोगिता,चिट्ठा कार्यक्रम, रक्तदान कार्यक्रम,थारु नाटक थारु लोकगित र अन्य समुदायहरुको संस्कृति प्रस्तुति साथै महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोकले बताएको छ । प्रदेश नं. ५ सरकार, जिल्ला समन्वय समिति नवलपरासी र सरावल गाउँपालिकाको आर्थिक सहयोग र श्रीराम युवा प्रतिष्ठानको आयोजनामा उक्त १४ औँ खिचडी माघी महोत्सव गर्नलागीएको मेला संयोजक चक्रमणि चौधरीले जानकारी दिनुभएको छ । पौष महिनाको २९ गते र माघ १ गते गरी दुई दिन सम्म आयोजना गरिने माघी महोत्सव सफल पार्न विभिन्न समित तथा उपसमितिहरु गठन गरिएको छ । प्रदेश नं. ५ तथा नवलपरासी जिल्लाको सम्पुर्ण पर्यटकीय स्थलको पर्यटन प्रबर्द्वन र लोप हुन लागेको थारु संस्कृति जगेर्ना गर्न १४ औँ खिचडी माघी महोत्सव हदैसम्म उपयोगी हुने आयोजकको दावी रहेको छ ।

Leave A Reply

Your email address will not be published.