Jilla Ban Notis

शुल्क बृद्धिको बिरोधमा दिब्यज्योति बहुमुखी क्याम्पसका सम्पूर्ण विद्यार्थी संगठनहरु आन्दोलीत ।

0 547

कृष्ण ढकाल
बर्दघाट,भदौं–९
अचानक क्यामपस प्रशासनले शुल्क बृद्धि गरेको बिरोधमा दिब्यज्योति बहुमुखी क्याम्पसका सम्पूर्ण विद्यार्थी संगठनहरुले आपत्ति जनाउदै लेखा शाखा,क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

क्याम्पसमा क्रियासिल बिद्यार्थी संगठनहरुसंग सहकार्य नैनगरीकन क्याम्पस प्रशासनले मासिक शुलकमा ३० प्रतिशत र भर्ना शुल्मा १ हजार ५ सय रुपैयाँले बृद्धि गरेको बिरोधमा विद्यार्थीसंगठनहरुले तालाबन्दि गरेको आज जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरीएको छ ।

बिद्यार्थीहरुले क्याम्पस प्रशासनले २ दिन भित्र शुल्क नघटाए चर्को आन्दोलनमा उत्रिने विज्ञप्ती मार्फत चेतावनी समेत दिएका छन् ।

यसरी चेतावनी दिने गरी विज्ञप्ती जारी गर्नेमा अनेरास्ववियूका क्याम्पस ईकाई अध्यक्ष किरण बस्याल,नेविसंघका उप सभापति खुशी पाठक,अखिल (क्रान्तिकारी )का ऋषि खनाल,नेविसंघका का.ब. सभापति शशि वि.क.,अखिल क्रन्तिकारीका प्रदिप पाठक रहेका छन् ।

तालाबन्दि पछि विद्यार्थीहरुले क्याम्पस प्रमुख सागरमणी पाण्डेलाई छिटो भन्दा छिटो शुल्क घटाउनुपर्ने माग गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए।

Leave A Reply

Your email address will not be published.