Jilla Ban Notis

व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर हातेमालो गरि अगाडि बढेमात्र सहिदको सपना पुरा हुन्छ ःनगर प्रमुख थापा

0 27
दिपक खनाल
सुनवल,माघ १६
          सहिदहरुको सपना अझै पुरा नभएकोमा एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । शहीद दिवस २०७६का अवसरमा आज सुनवल नगरपालिकाले शहिद बिष्णु प्रसाद पाण्डे स्मृति प्रतिष्ठानमा आयोजना गरेको शहिदहरुप्रति श्रद्धान्जली कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त बताएका हुन् । उनिहरुले संबिधानले सवै नागरीकको अधिकार सुनिश्चित नगरेकाले जनताको अधिकारको लडाई अझ बाकि रहेको बताउदै जनताको अधिकारको पुर्ण प्राप्ति भएको अनुभुति गराउन सरकारसंग आग्रह गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष लोक प्रसाद श्रेष्ठको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले बिभिन्न कालखण्डमा सहिदको बलिदानिबाट देशको परिवर्तन भएको बताउनुभएको छ । सिह दरबारको अधिकार गाउ गाउ सम्म आएको भन्दै उहाले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर हातेमालो गरि अगाडि बढेमा मात्र सहिदको सपना पुरा हुने बताउनुभयो । नगर प्रमुख थापाले सहिदका सपनाहरु हमिले पुरा गर्न सक्यौ कि सकेनौ, उहाहरुका सपना के थिए भन्ने कुराको जानकारी लिई देश र जनताको हितका लागि काम गर्नु पर्ने बताउनुभयो ।
       यसैगरि बिशेष अतिथि नगर उपप्रमुख दधिराम अर्यालले जनताको हकहितको साझा लडाईमा सहादत प्राप्त गर्ने सम्पुर्ण सहिदहरु प्रति श्रन्दाजलि व्यक्त गर्दै अझै पनि सहिदको सपना पुरा नभएकोले जनतामा असन्तुष्टि आएको बताउनुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष प्रेम न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा शहिद पत्नि भागिरथि पाण्डे, नेकपा जिल्ला कमिटि अध्यक्ष भबिश्वर तिवारी, नेकपाका नेता थान प्रसाद गैरे, महिला नेत्रृ बिमला अर्याल, सहिद दाजु लक्ष्मि पाण्डे, नेकपा सुनवल नगर कमिटिका कार्यवाहक अध्यक्ष बिर बहादुर बिक, नेपाली कांगे्रस नगर उपसभापति यम प्रसाद पाण्डे, सुनवल नगरपालिकाका वडा नं १,२ ३,४,५,६,११ र १३का वडाअध्यक्षहरु बिन प्रसाद बुढाथोकि, राजेन्द्र यादव, कर्ण बहादुर शेन, बिरबहादुर गुरुगं, थमनशिहँ नेपाली, रामप्रसाद लामा, देबिलाल डुमे्र र कृष्ण प्रसाद देवकोटा , बिभिन्न संघ सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.