Jilla Ban Notis

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको जिल्ला भेला सम्पन्न्

प्रताप विष्टको नेतृत्वमा १५ सदस्य जिल्ला कमिटि चयन

0 218

कृष्ण ढकाल
बर्दघाट,भदौ–८
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको जिल्ला भेला आज बर्दघाटमा सम्पन्न् भएको छ । पार्टीका जिल्ला सेक्रेटरी धिरज रानाको अध्यक्षता र केन्द्रिय सचिवालय सदस्य सन्जीत कुमारको प्रमुख आतिथ्यतामा जिल्ला भेला सम्पन्न् भएको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सन्जीतले राज्य पक्षवाट पछिल्लो समयमा आफ्ना नेता कार्यकर्ता माथि विभिन्न प्रकारका झुट्टा मुद्यदाहरु लगाउने र पक्राउ पुर्जी काट्ने जस्ता कार्य गरेको भन्दै त्यसको विरोधमा अब सबै लाग्नु गर्ने बेला आएको बताउनु भएको थियो । यसअघि सरकारसंग भएको तीन बुधें शान्ति सम्झौताको उल्लङ्खन गरेर फेरी राज्यले द्धन्द्धतर्फ फर्कन वाध्यपार्न खोजेको संकेत गर्नु भएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रिय कमिटि सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज सरद वली,कपिलवस्तु जिल्ला ईन्चार्ज जुझारु लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

आज भएको जिल्ला भेलाले प्रताप विष्टको नेतृत्वमा १५ सदस्य जिल्ला कमिटि चयन गरेको छ । जस्को जिल्ला सेक्रेटरीमा प्रताप विष्ट र सदस्यहरुमा भिम के.सी.,हरिकला चौधरी,रामविर चन्द,अनिल चौधरी,विजय मिश्र,गणेश पाठक,पृति गिरी,स्मायल मुसल्मान,लोकमान चौधरी लगाएतलाई चयन गरेको जिल्ला सदस्य भिम के.सी.ले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.