Jilla Ban Notis

वार्षिक समिक्षामा पहिलो पालिका भएसंगै बर्दघाट नगरपालिकाद्धारा कर्मचारीहरुलाई सम्मान ।

0 172

कृष्ण ढकाल
बर्दघाट,असोज–५
नवलपरासी जिल्लामा स्वास्थ्यको क्षेत्रमा बर्दघाट नगरपालिका पहिलो हुन सफल भएको भन्दै आज बर्दघाट नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारीहरु संगै नगरका शाखा प्रमुखहरुलाई सम्मान गरेको छ ।

जिल्लामा रहेका ७ वटा पालिकाहरुको वार्षीक स्वास्थ्य समिक्षा कार्यक्रममा तोकिएका बिभिन्न सुचकहरुको मापनमा बर्दघाट नगरपालिका पहिलो स्थानमा आउन नगरका कर्मचारीको टिमले निक्कै मिहनत गरेको भन्दै आज नगर प्रमुख शम्भुलाल श्रेष्ठ,उप प्रमुख रुद्र प्रकाश उपाध्याय र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले शाखा प्रमुखहरुलाई सम्मान गर्नु भएको थियो ।

प्रमुख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको नगरको मासिक प्रगति अर्थात स्वास्थ्य सुचक समिक्षा कार्यक्रममा शाखा प्रमुखहरुलाई सम्मान गरीएको हो ।

बर्दघाट नगरको स्वास्थ्य अवस्थाका वारेमा जानकारी दिदै स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली

आ.ब. २०७८÷०७९मा नवलपरासी जिल्लाको वार्षीक स्वास्थ्य समिक्षा कार्यक्रममा दोस्रो स्थानमा सरावल गाउँपालिका र तेस्रोमा प्रतापपुर गाउँपालिका भएको थियो ।

Leave A Reply

Your email address will not be published.