Jilla Ban Notis

वडाध्यक्ष गुरुङद्वारा सिद्धज्योतीका बिद्यार्थीलाई पोसाक बितरण

0 13
मुक्ती तिवारी
बर्दघाट,माघ १६
              बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष सुक बहादुर गुरुङले सोही वडामा रहेको सिद्धज्योती आधारभुत बिधालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिधालय पोसाक बितरण गरेका छन। अध्यक्ष गुरुङले सरस्वती पुजाको अवसर पारेर गरिब बिपन्न तथा जेहन्दार ८१ जना बिधार्थीहरुलाई ब्यक्तिगत खर्चमा बिधालय पोशाक बितरण गरेका हुन।गुरुङ ले अघिल्लो बर्ष देखि नै सो बिधालय मा अध्ययन गर्ने बिपन्न बालबालिका हरुलाई आजिबन पोसाक बितरण गर्ने घोषणा गरेका थिए। यश बर्ष पनि सोही कार्यलाई निरन्तरता दिएको उनले  बताए। सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले बिपन्न बालबालिकाहरु पोसाक कै कारणले बिधालय जान बाट बन्चित नहुन र पोसाक बिद्यार्थीको पहिचान भएकाले आफुले जिवनभर पोसाक दिने निर्णय गरेको बताए।आर्थिक अभाव कै कारण शिक्षाको उज्यालो बाट कोहि पनि बन्चिन नहोउन भन्ने आफ्नो मनसाय रहेकाले सो बिधालयको स्तरोन्नति र शैक्षिक गुणस्तरीयतामा आफू लागि परेको उनले बताए।  बिधालयको भौतिक संरचना,पोसाक मात्रै सबै थोक नभै बिधालयले शैक्षिक गुणस्तर सुधारेर अघि बढ्न उनले उपस्थित अबिभावक र शिक्षकहरु सग आग्रह गरे। 
         त्यसै गरि सोही अवसरमा बोल्दै वडा नम्बर १६ का वडा सदस्य थमन सिंह गुरुङले अध्यक्ष गुरुङले बिधालय प्रती गरेको योगदान सर्वदा अनुकरणिय रहेको बताए। बिधालयमा हाल २४० जना बिद्यार्थीहरु अध्ययनरत छन। कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापा,बिधालयका प्र.अ.बिष्णु कुमारी राना,वडा सदस्यहरु दिलमाया थापा,अम्बिका लम्साल,बिधालय ब्यवस्थापन समिती सदस्य डोलराज तिवारी,शिक्षक अविभावक संघका पदादिकारिहरु,स्थानिय समाजसेवी लगायत अविभावक हरुको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.