Jilla Ban Notis

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरु,परिणाम भोली आउने

0 16

बैशाख–१९
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरु हुदैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्तावमाथि आ–आफ्ना धारणा राख्ने छन् । उठेका विषयमाथि सोमबार मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि बिपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव उपर मतदान हुने छ । विपक्षी दलहरुले वहालमा रहनुभएका मुख्यमन्त्री पोखरेललाई हटाएर माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव दर्ता गर्दा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जनता समाजवादी पार्टीका ५ जना सांसद गरी ४१ जनाले हस्ताक्षर गरेका थिए । जसपाका ६ जनामध्ये पूर्वराजपाकी कल्पना पाण्डे लम्सालले हस्ताक्षर गरेकी थिइनन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई सांसद एमालेमा प्रवेश गरेपछि पदमुक्त हुँदा ८५ सदस्यीय भएको थियो । अहिले जनता समाजवादी पार्टीका चार जना सांसद पनि पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ ।

लुम्बिनी प्रदेशसभामा सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै मन्त्री बनेपछि जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमतले चार जनालाई पदमुक्त गर्ने निर्णय गरेसँगै प्रदेश सभाले चारैजना पदमुक्त भएको सूचना प्रकाशित गरिसकेको छ । यसले गर्दा प्रदेश सभा ८१ सदस्यीय भएको हो । जसमा मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको नेकपा एमालेका ४१ सांसद छन् । अविश्वास प्रस्ताव पारित हुन पनि कम्तीमा ४१ मत आवश्यक पर्छ । तर विपक्षीहरुसँग सभामुखसहित ३९ मत छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्दा ४० मत हुन्छ । जनमोर्चाको साथ पाउँदा पनि अविश्वास प्रस्ताव पारित हुन अझै एक मत कम हुन्छ ।

लुम्बिनी प्रदेश सभामा एमालेका ४१ जनामध्ये २ जना माधव नेपाल पक्षमा खुलेका सांसद छन् । तर उनीहरुले कर्णालीमा जस्तै फ्लोरक्रस गर्छन् भन्ने निश्चित छैन ।

Leave A Reply

Your email address will not be published.