Jilla Ban Notis

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

0 98

पुस–२७
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त हुनु भएको छ ।  नेकपा एमाले संसदीय दलका नेता गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । एमाले संसदीय दलका नेता गिरीले बुधबार  ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि आफ्नो दाबी पेश गर्नु भएको थियो ।

गिरीलाई नेकपा एमालेका २९ जना , नेकपा माओवादी केन्द्रका १० जना , राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना , नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनता समाजवादी पार्टीका ३ जना , जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत पुग्नेहुन्छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको ईतिहास यस्तो छ ।

जन्म मिति ः २०११ चैत १४ गते

जन्म स्थान ः रुरु गाउँपालिका–५, गुल्मी

स्थायी ठेगाना ः तिलोत्तमा नगरपालिका, वडा नं. १, रुपन्देही

शैक्षिक योग्यता ; बीए

विशेष योग्यता÷पेशा र अनुभव ः कृषिमा विविधिकरण, पशुपालन, वन विज्ञान र समाजशास्त्रमा विशेष दख्खल ।

विदेश भ्रमण ः भारत, चीन, जापान, अमेरिका, कोलम्बीया

पार्टी सदस्यता ः २०४६ पुस १५ गते (नेकपा माले)

राजकीय जिम्मेवारी ः लुम्बिनी प्रदेश सभा सदस्य, (दुई पटक)
प्रदेश सरकारमा मन्त्री, (उद्योग वन, पर्यटन, वातावरण मन्त्री ।
लुम्बिनी प्रदेश सरकारमै केही समय आन्तरिक मामिला तथा कानुन मन्त्री,
स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी वहन ।

संक्षिप्त राजनीतिक जीवन ः

२०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालिन पञ्चेहरुका विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरुसंगै आन्दोलनमा सहभागी भएको ।
गुल्मीबाट ०३४ सालमा रुपन्देहीको शंकरनगर–१ मा (हालको तिलोत्तमा नगरपालिका–१ बसाई सरेर आए यता राजनीतिक र सामाजिक काममा हालसम्म उत्तिकै सक्रियतापूर्वक निरन्तर क्रियाशील रहेको । बहुदलीय व्यवस्थाको पहिलो गाविस अध्यक्ष शंकरनगर गाउँ विकास समितिमा बहुदलीय ब्यवस्थाको पहिलो जननर्वाचित अध्यक्ष । सहीद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ,शिक्षक संगठन, युवा सक्रिय दल, दक्षिण एसीयामै ऐतिहासिक मानिने सोह्र–छत्तीस कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सरिक भएर किसानमा वामपन्थी राजनीति प्रवाह गरेको । किसानहरुलाई पार्टीमा आवद्ध गर्ने, संगठित गर्ने र अभियानमा सरिक बनाउने । शाही कू का विरुद्ध जेलयातना वि.सं.२०६१ माघ १९ गतेको ज्ञानेन्द्रको शाही ‘कु’ को विरोधको नेतृत्व गरेको भन्दै पक्राउ गरि जेल चलान गरियो ।
०६१ माघ २७ देखि ०६२ बैशाख २८ गते सम्म जिल्ला कारागारमा जेल यातना भोगेको । २०४६ देखि पार्टी कमिटीको नेतृत्व २०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य, २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, वि.सं.२०५६ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव, वि.सं.०५८–०६१ सम्म एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव, ०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला कमिटी सचिव (पार्टी जिल्ला प्रमुख) र जिल्ला कमिटी अध्यक्ष

वि.सं.२०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख, वि.सं.०६९–०७० सम्म अञ्चल कमिटी सदस्य र नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित । नेकपा कालमा नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष । हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी सहइन्चार्ज ।
०७४ मंसिर २१ गते सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ (१) बाट प्रतिस्पर्धीलाई दोब्बरभन्दा धेरै मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित ।
२०७९ मंसिर ४ गते सम्पन्न चुनाबमा रुपन्देही क्षेत्र २(१) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै लुम्बिनी प्रदेश सभामा अत्यधिक मतले विजयी । अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Leave A Reply

Your email address will not be published.