Jilla Ban Notis

लायन्स कल्ब अफ बुद्धमंगलद्धारा १८ थान अक्सिजन सिलिन्डर हस्तान्त्रण

0 33

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–८
बर्दघाट नगरपालिका वडा नम्वर १४ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालको आईसोलेसनमा उपचारत कोभिड संक्रमितहरुको जिवनरक्षाका लागि आज लायन्स कल्ब अफ बुद्धमंगलले १८ थान अक्सिजन सिलिन्डर हस्तान्त्रण गरेको छ ।
अक्सिजन अभावका कारणले कुनै पनि ब्यक्तिले अकालमा ज्यानगुमाउन नपरोस भन्ने उद्धेश्यले लायन कल्ब अफ बुद्धमंगलले सहिद स्मृति सामुदायिक अस्पतालको आईसोलेसनमा ६० वटा अक्सिजन सिलिन्डर प्रादन गर्ने लक्ष्यका साथ अघिबढेको क्लवका संस्थापक अध्यक्ष कृष्ण गौतमले बताउनु भएको छ ।
यता


बर्दघाट नगरपािलका वडा न. १५ का अध्यक्ष बल बहादुर बलालले सहिद स्मृति सामुदायिक अस्पतालको आईसोलेसनमा उपचारत कोभिड संक्रमितहरुको जिवनरक्षाका लागि अक्सिजन ग्यास रिफिलगर्न सहयोग पुगोस भनेर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष निमानन्द न्यौपानेलाई १५ हजार नगद सहयोग प्रदान गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.