Jilla Ban Notis

लायन्स क्लव अफ नवलपरासी बर्दघाटद्धारा यानो कपडा तथा खाद्यान्न बस्तु वितरण ।

0 73

कृष्ण ढकाल
बर्दघाट,पौष–२८
लायन्स क्लव अफ नवलपरासी बर्दघाटले आज एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा तथा खाद्यान्न बस्तु वितरण गरेको छ । लायन्स क्लव इन्टरनेशनलका जन्मदाता मेल्भिन जोन्स्को १४४औँ जन्मोत्सवको अवसरमा नवलपरासीको पवित्र तिर्थ स्थल त्रिवेणीमा रहेको टिकानिधि वृद्धाआश्रममा पुगेर २० जना असाहय तथा गरीब ब्यक्तिहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको हो । आश्रममा ३ जना जेष्ठ नागरीकहरु मात्र रहेकाले बांकी आश्रम नजिकका विपन्न ब्यक्तीहरुलाई वितरण गरीएको थियो ।

न्यानो कपडा अन्तर्गत ज्याकेट,टोपि,गम्छा लगाएतका सामाग्रीहरु रहेका थिए भने खाद्यान्यमा हर्लिक्स लगाएतका खाद्ययवस्तु रहेको लायन्स क्लव अफ नवलपरासी बर्दघाटकी अध्यक्ष शिवकुमारी भट्टराईले जानकारी गराउनु भएको छ ।

लायन्स क्लव अफ नवलपरासी बर्दघाटका अध्यक्ष शिवकुमारी भट्टराईको अध्यक्षता र लायन्स क्लवका डिस्टिक डेपुटी चिफ युवराज डुम्रेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो । सो अवसरमा जोन चियर प्रसन कमला शर्मा ,लायन्स क्लव अफ नवलपरासी दाउन्नेका अध्यक्ष भिम प्रसाद सुवेदी, लायन्स क्लव अफ नवलपरासी गोपिगञ्जका अध्यक्ष श्रीकृष्ण न्यौपाने,दिब्य ज्योती बहुमुखि क्याम्पस,चिसापानीका क्याम्पर प्रमुख सागरमणी पाण्डे लगाएतको उपस्थित्ी रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.