Jilla Ban Notis

लायन्स क्लब अफ नवलपरासी सुस्ताद्धारा खाद्यान्न सामग्री वितरण

0 30

श्याम थापा/ धिरज गुरुङ्ग
सुस्ता, श्रावण–२५

पश्चिम नवलपरासीको लायन्स क्लब अफ नवलपरासी सुस्ताले प्रदेश न ३ अर्थात बागमती प्रदेशको माडी नगरपालिका वार्ड न १ वाल्मीकि आश्रममा रहेको स्थानमा बसोबास गर्दै आएको १२ घरपरिवारलाई खाद्यान्न सामग्री एक कार्यक्रम गरि वितरण गरेको छ । नारायणी नदिमा पानीको बहाव बढेपछि ऐतिहासिक पबित्र धार्मिक स्थल वाल्मीकि आश्रमको क्षेत्रमा बसोबास गर्दै आएको १२ घरपरिवारले आवतजावत गर्न र खाद्यान्न सामग्रीहरु खरिद गर्न पनि जान नसकेको कारणले गर्दा त्यहां बस्ने एक गिरि पुजारी र ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेको अनुरोध अनुसार १२ जना घरधुरी परिवारलाई २५ किलो चामल सहित अन्य खाद्यान्न सामग्री वितरण गरिएको लायन्स क्लब अफ सुस्ता नवलपरासीका संस्थापक अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोषले बताएका छ्न । हामी सेवा गर्छौ भन्ने उद्देश्य बोकेर हिडिको लायन्स क्लबले समुदायमा रहेका सम्पुर्ण समस्यामा अहम् भुमिका खेल्ने एउटा सामाजिक संस्था भएको कारणले गर्दा खाद्यान्नको समस्या रहेको माडी नगरपालिका वार्ड न १ वाल्मीकि आश्रममा बसोबास गर्दै आएको घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गर्दै अगामि दिनमा पनि वाल्मीकि आश्रमको अवस्था र नेपाली भुमिको पहिचान बढाउने वाल्मीकि आश्रमका समुदायका सम्पुर्ण समस्याहरुलाई आत्मसात गरि लायन्स क्लब अफ नवलपरासी सुस्ता अगाडि बढ्ने लायन्स क्लब अफ नवलपरासी सुस्ताका अध्यक्ष डिल्ली राम काफ्लेले बताए ।
खाद्यान्न सामग्री एक कार्यक्रम गरि वितरण गरिएको थियो भने वितरण कार्यक्रममा लायन्स क्लब अफ नवलपरासी सुस्ताका अध्यक्ष डिल्लीराम काफ्लेको अध्यक्षयता,लायन्स क्लब अफ नवलपरासी दाउन्नेका पुर्व अध्यक्ष सागरमणी पाण्डेको प्रमुख अतिय्थ्यता र लायन्स क्लब अफ नवलपरासी सुस्ताका संस्थापक अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोषको बिशेष अतिथ्य्तामा भएको कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लब अफ नवलपरासी सुस्ताका दोस्रो उपाध्यक्ष श्याम थापाले गरेका थिए भने कार्यक्रमको उद्देश्य लायन्स क्लब अफ नवलपरासी सुस्ताका संस्थापक अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोषले गरेका थिए । खाद्यान्न सामग्री वितरणको अवसरमा गुरुङ्ग ब्रोदर्श सुस्ता ४ नर्सहीका पुरना गुरुङ्ग,धिरज गुरुङ्ग र दिपक सप्लर्यास सुस्ता ४ नर्सहीका संचालक दिल बहादुर महतो द्वारा प्रत्येक घरधुरीलाई नगद ५ सयका दरले रकम पनि हस्तान्तरण गरिएको थियो । नारायणी नदिको त्यस्तो जोखिम मोलेर आफुहरुको लागी खाद्यान्न सामग्री ल्याएर लायन्स क्लब अफ नवलपरासी सुस्ताले वितरण गरेकोमा लायन्सका सम्पुर्ण टिमलाई धन्यवाद दिदै स्थानीयबासीहरु खुशी भएका थिए ।

Leave A Reply

Your email address will not be published.