Jilla Ban Notis

लायन्स कल्ब अफ नवलपरासी दाउन्नेद्धारा कृष्ण मन्दिर परिसरमा बृक्षारोपण ।

0 57

कृष्ण ढकाल
बर्दघाट,भदौं–३

कृष्णअस्ट्मीको दिन पारेर लायन्स कल्ब अफ नवलपरासी दाउन्नेले कृष्ण मन्दिर परिसर बर्दघाट–९ पञ्चनगरमा बृक्षारोपण गरेको छ ।

कल्बले आफ्ना सदस्यहरुवाट शुरु गरेको जन्मदिनका अवसरमा वृक्षारोपण गर्ने अभियान अन्र्तगत यस पटक कृष्ण मन्दिर परिसर बर्दघाट–९ पञ्चनगरलाई आफ्नो रोजाईमा पारेको क्लवका अध्यक्ष भिम प्रसाद सुवेदी (मनोज)ले बताउनु भएको छ ।

शुक्रवार गरीएको उक्त वृक्षारोपण कार्यक्रम लायन्स कल्ब अफ नवलपरासी दाउन्नेका अध्यक्ष भिम प्रसाद सुवेदी (मनोज) को अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यथामा भएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले युवाहरु एक भएर सामाजिक कार्यमा लागेको देख्दा आफु निक्कै खुशी भएको बताउदै समाजको समृद्धिका लागि युवाहरुको एकता आवश्यता रहेकोमा जोड दिनु भएको थियो ।

त्यसैगरी वृक्षारोपण कार्यक्रममा नगर उप प्रमुख रुद्र प्रकाश उपाध्याय,वडानम्वर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई लगाएतको सहभागिता रहेको थियो । लायन्स कल्ब अफ नवलपरासीले कृष्ण मन्दिर परिसरमा निमपत्ता लगाएत विभिन्न फलपूलका विरुवाहरु रोपेको छ ।

समाज सेवालाई सर्वोपरि राखि समाजका आफु भन्दा कम भाग्यशालि ब्यक्ति प्रति सेवा गर्ने मुख्य लक्ष्य सहित ९हामी सेवा गर्छौं०भन्ने मुल मन्त्र लाई आत्मसात् गर्दै लायन्स कल्ब अफ नवलपरासी दाउन्ने १३ बर्ष अघि बर्दघाटमा सुरु भएको थियो ।

Leave A Reply

Your email address will not be published.