Jilla Ban Notis

लगुनामा प्रजनन् रुग्णता निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

0 74

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२
बर्दघाट नगरपालिकाको आयोजनामा वडा नं. ३ लगुनामा प्रजनन् रुग्णता निःशुल्क स्वास्थ्य शिविर सम्पन्न् भएको छ । बुधवार भएको उक्त शिविरमा स्तन क्यान्सर,फिस्टुला,आङ्खस्ने समस्या,बाझोपन तथा पाठेघरको मुखको क्यान्सर लगाएतको एकिकृत रुपमा पहिचान,उपचार तथा ब्यवस्थापन गर्ने कार्य गरीएको थियो ।
चिसापानी अस्पतालका डा.मञ्जीला घिमिरेको विषेशज्ञको टोलीले सेवा प्रदान गरेको उक्त शिविरमा १ सय १० जना महिलाहरुले सेवा लिईएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखाका कृष्णहरि पौडेलले जानकारी गराउनु भएको छ । शिविरमा १ सय १० जना महिलाहरुले सेवा लिईएकोमा २ जना UVP, १० जना Cervicitis,२१ जना PID,३ जना Cystocele, 2 जना VIA Positive तथा अन्यले सामान्य औषधि उपचार सेवा लिईएको पौडेलले बताउनु भयो ।

शिबिर समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ,वडानम्वर ३ का वडाध्यक्ष प्रकाश चन्द्र अधिकारी लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको संचालन कृष्णहरि पौडेलले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.