Jilla Ban Notis

लक लाउनलाई थप प्रभावकारी बनाउन सबै लाग्नु पर्ने बर्दघाट नगर प्रकोप व्यवस्थापन समितिको निष्कर्ष।

नगरको प्रकोप ब्यवस्थापन कोषमा अहिले सम्म १ करोड ७ लाख २१ हजार ९ सय २६ रुपैया

0 13

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१३
बर्दघाट नगरपालिकाको नगर प्रकोप व्यवस्थापन समितिको बैठक आज सम्पन्न भएको छ । बर्दघाट नगरमा लक डाउनलाई प्रभावकारी बनाई नगरबासीलाई कोरोना भाईरसको संक्रमणवाट कसरी सुरक्षित राख्न सकिन्छ भन्नेवारेमा केन्द्रीत रहेको उक्त वैठक नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा वडाध्यक्षहरु, नगरमा क्रियाशिल विभिन्न राजनीतिक दलका प्रतिनिधि, बर्दघाट उद्योग वाणिज्य संघ, बर्दघाट बजार विकास समिति, जिमिरेभार बजार विकास समिति, पञ्चनगर बजार विकास समिति, उपभोक्ता हित संरक्षणमञ्च, इलाका प्रहरी कार्यालय बर्दघाट, नेपाल रेडक्रस सोसाइटि बर्दघाट शाखा लगायतका प्रतिनिधिहरु र पत्रकारहरुको सहभागी रहेको थियो । सो अवसरमा सहभागिहरुले नगरमा लक डाउन फितलो भएको भन्दै त्यसलाई कडा बनाउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले टोल सुधार समिति देखि जन प्रतिनिधिहरु र समाजिक ब्यक्तिहरु सबैले आ–आफ्नो क्षेत्रवाट लक डाउनलाई प्रभावकारी बनाउन लाग्नु पर्ने सुझाव राखेका थिए । त्यसैगरी लक डाउनका वेला बजार अनुगमन प्रभावकारी नभएको,क्वारेन्टाईनलाई उचीत ब्यवस्थीत गर्न नसकेको,राहत वितरणलाई श्रमरोजगार संग जोडेर अघिबढ्नु पर्ने लगाएतका सुझावहरु प्रस्तुत भएका थिए भने प्रहरी प्रसाशनले आफुहरुले लक डाउन कडा गर्नका लागि लाठी चार्ज गरेर मान्छे रोक्न नसकिने जनाएको थियो ।
यता जनप्रतिनिधिहरुले ब्यापार ब्यवसाय गर्नेहरुले नै बढी लकडाउनको उल्लघंन गरेको बताएका थिए । त्यसैगरी नगर प्रमुख धिरज शर्मा बस्यालले अब लक डाउनलाई कडा पार्नका लागि नगरका सबै राजनितिक दलहरुले विज्ञप्ती जारी गरेर आफ्ना सबै कार्यकर्ताहरुलाई सचेत गर्न अनुरोध गर्नु भएको थियो । उहांले लक लाउनलाई थप प्रभावकारी गर्ने कार्यवाट सबै पन्छीयौं कि भन्दै सबै एक भएर लाग्न अनुृरोध गर्नु भएको छ ।

सोही बैठकमा नगरको प्रकोप ब्यवस्थापन कोषमा अहिले सम्म  भएको १ करोड ७ लाख २१ हजार ९ सय २६ रुपैया मध्ये ८८ लाख ९२ हजार ७ सय २९ रुपैया खर्च र १८ लाख २९ हजार १ सय ९७ रुपैया बचतको हिसाव कितावका वारेमा समेत जानकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.