Jilla Ban Notis

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको प्रथम पुर्ण बैठक सम्पन्न् ।

मंसिर महिना भित्र स्थानीय कमिटीहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न गर्ने निर्णय ।

0 43

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२२
राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटीको प्रथम पुर्ण बैठक आज सम्पन्न् भएको छ । संगठनका जिल्ला संयोजक युवराज डुम्रेको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य केहर सिंह कुवंरको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न हो ।

सहिद बिष्णु पाण्डे स्मृति प्रतिष्ठान सुनवल–५ बनकट्टीमा भएको बैठकमा यहि मंसिर –६ गते भित्र सबै स्थानिय कमिटीहरु निर्माण गरि अनुमोदनका लागि जिल्ला कमिटीमा पठाउने र मंसिर महिना भित्र स्थानीय कमिटीहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको जिल्ला संयोजक युवराज डुम्रेले जानकारी गराउनु भएको छ ।

त्यसैगरी बैठकमा जिल्ला कमिटी सदस्यहरु र स्थानीय पालिका संयोजक सह–संयोजकहरुले परिचय सहित अहिले सम्मको रिपोर्टिङ गरेका थिए भने बैठकले जिम्मेवारी बाडंफाडका लागि जिल्ला कार्यालय टिमलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताईएको छ ।

संगठनले जिल्लाका सरकारी निकाय, स्थानीय तह तथा विभिन्न सरकारी निकायहरुमा भयको ढिलासुस्ती, भ्रष्टचार तथा अनियमितताको सन्दर्भमा चरणबद्ध रुपमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी संगठनलाई एकताबद्ध बनाउदै प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने र चुनावको बेलामा जनतालाई दिईएको आश्वासन के कति पूरा भय के कति बांकि छन ३ वटै सरकारका प्रतिनिधि हरु तथा पार्टी नेतृत्व संग घनिभुत छलफल गर्ने निर्णय भएको जल्ला संयोजक युवराज डुम्रेले जानकारी गराउनु भएको छ ।
पार्टीमा ध्रुवर्गीकरण, कार्यकर्तामा निराशा छायको बेला भयको ऐतिहासिक बैठकले युवा संगठन र सिगों पार्टी चलायमन हुने आशा लिईएको पनि डुम्रेले बताउनु भयो । आजको पहिलो पूर्ण बैठक शहिद बिष्णु पाण्डे स्मृति प्रतिष्ठानमा रहेको २०६२/०६३ को जनआन्दोलनका सहिद विष्णु पाण्डेको शालिकमा माल्यार्पण गरी शुरुगरीएको थियो ।

Leave A Reply

Your email address will not be published.